Sunday, April 30, 2017

प्रधानमन्त्रीका सल्लाहकार बर्खास्त

इस्लामावाद (पाकिस्तान), १७ वैशाख । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो प्रधानमन्त्रीका विदेश मामिला विशेष सल्लाहकार सैयद तारिक फतेमालाई पदबाट बर्खास्त गर्नुभएको छ ।

पाकिस्तानी राजनीतिक नेता र सैनिक नेतृत्वबीच आतङ्कवादविरुद्धको लडाइँका विषयमा विवाद रहेको भनी गतवर्ष सार्वजनिक भएको एक सञ्चारकर्मीको रिपोर्टमा फतेमाको संलग्नता भएको भन्दै पदमुक्त गरिएको बताइएको छ ।

यद्यपि पाकिस्तानी सेनाले प्रधानमन्त्री सरिफले आफ्ना सल्लाहकारलाई सेना र राजनीतिक नेताबीचको द्वन्द्वका कारण हटाइएको भनी आएका समाचारलाई अस्वीकार गरेका छ । सेनाले शनिबार प्रधानमन्त्रीको कदम ‘अपूर्ण’ रहेको भनी प्रतिक्रिया दिएको छ ।

यसअघि प्रधानमन्त्री सरिफले एक अर्का अधिकारी राव तेहसिनलाई कारबाही गर्न निर्देशन दिनुभएको थियो । सरिफले पाकिस्तानी सञ्चारकर्मीलाई आफ्नो विषयमा विवादास्पद खबर लेखेको कारण नहटाउन पाकिस्तानी डन पत्रिका प्रशासनलाई आग्रह गर्नुभएको थियो । पाकिस्तानी प्रधानमन्त्री सरिफ र सेनाबीच सन् २०१६ पछि सम्बन्ध अपेक्षित सहज देखिने गरेको छैन । –एपी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...