Saturday, April 8, 2017

अमेरिकाको न्यू जर्सिमा नया बर्षको कार्यक्रम हूदै

मोहन राज बराल ,नयाँ बर्ष २०७४ को उपलक्ष्यमा अमेरीकाको न्यु जर्सीमा रहेका एनआरएन एनजे च्यापटर,एनजेएसएस च्यापर तथा नेपाली समाज न्यु जर्सीको संयुक्त आयोजनामा शुभकामना एवम साँगेतिक कार्यक्रम गरिने भएकोछ।

आगामी अप्रील १० तारिक नयाँ बर्षको पुर्व सन्ध्यामा सेजन रेष्टुरेन्ट १६७३ ओके ट्रि रोड एडिशन एनजे ०८८२९मा वेलुका ६ बजे देखि राती १० बजे सम्म कार्यक्रम संचालन गरिने नेपाली समाज न्यू जर्सीका संयोजक दिल के.सीले जानकारी दिए।

यस कार्यक्रममा कलाकारहरू वसन्ति राई,सुमन बुढा मगर,राम श्रेष्ठ,अम्बिका वाँनियाहरूको बिशेष प्रस्तुति रहने छन भने कमेडियन अर्जुन ढकाल तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति दिनेछन।

डिनर र ड्रिंक सहित प्रवेश शुल्क २० डलर रहेको यस कार्यक्रममा दर्शकहरूले भरपुर मनोरंजन प्राप्त गर्ने मुकुन्द ओझाले बताए।
यस कार्यक्रममा सहभागी बनेर कार्यक्रमलाई भव्यता पूर्वक सम्पन्न गर्नको लागी एनआरएन न्यु जर्सी च्यापटरले अपील गरेकोछ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...