Saturday, April 8, 2017

तोकिएकै मितिमा निर्वाचन : नेता सिंह

काठमाडौँ, २६ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं २ कागेश्वर मनहरा नगर समितिले आज यहाँ आयोजना गरेको स्थानीय तहको प्रचार अभियानअन्तर्गत मोटरसाइकल ¥यालीको शुभारम्भ गर्दै नेता सिंहले निर्वाचन कुनै पनि हालतमा नरोकिने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो – “निर्वाचनसँग असन्तुष्ट पक्षलाई समेटेर चुनावमा जाने प्रयास भइरहेको छ, अब यसलाई रोक्न कसैले सक्दैन ।”

पूर्व उपप्रधानमन्त्री सिंहले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको कार्यान्वयन निर्वाचनमार्फत हुने भन्दै निर्वाचन गर्न नसके मुलुक सङ्कटमा फस्ने बताउनुभयो । उहाँले राजनीतिक निकास र व्यवस्था रक्षाका लागि निर्वाचन नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो ।

उहाँले लामो समयपछि मुलुकमा स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै निर्वाचनमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...