Sunday, April 2, 2017

नेपाली काग्रेसका युवा नेता रविप्रकाश नेपाल फर्किए

लण्डन, चैत्र २१ । दुई हप्ता यता पारिवारिक भेटघाटका सिलसिलामा बेलायत भ्रमण आएका नेपाली कांग्रेस माहासमिति सदश्य तथा युवा नेता रबिप्रकाश राई नेपाल फर्किएका छन् ।

नेपाली काग्रेसमा आवद्व भइ सक्रिय राजनीतिक गरिरहेका नेता रवि छोटो समयमा नै केन्द्रिय राजनीतिमा दरिलो पकड बनाएका एक युवा नेता हुन । एक समारोहमा आफु गोर्खा सैनिकमा रहन्दै राजनीति सुरु गरेका कारण गोर्खालीे हक हितकालागि आफ्नो क्षमताले भ्याएको जति सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

 

गोर्खालीहरुको अधिकारकालागी आफ्नो पार्टी सभापति तथा पूर्व प्रधानमन्त्रि शेरबहादुर देउवाले गर्नु भएका सहयोग र आफनो पार्टीको सरकार रहेको बेला स्वीकृति–पत्र र हस्ताक्षरको कारण नै गोर्खाहरुले बेलायतमा आवसीय भिषा पाएका गोर्खालीहरुले भुल्न नहुने स्मरण गराएका थिए ।

भ्रमणको सिलसिलामा बेलायतकालागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदीसँगकोे कुटनीतिक भेटघाटमा नेपाली कुटनीतिलाई बेलायतमा अँझ बलियो र विश्वसनीय बनाउन प्रयासरत नेपाली राजदूत डा सुवेदीको कार्यहरुको उच्च प्रशंसा गर्दै आफुनो र पार्टिको तर्फबाट सहयोगका निम्ति पार्टि र सम्वधित निकायहरुमा सहयोगकालागि अनुरोध गर्ने आश्वासन दिए ।

किराँत राई यायोख्का प्राकस फोक्सटनद्वारा आयोजित अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा नेता रविप्रकाशले देश र समाजको सम्रिद्वीको निम्ति सम्पुर्ण जाति,वर्ग र समुदाय एक भई अघि बढ्नु पर्ने भन्दै राजनैतिक चेतना सबै सामाजिक व्यक्तित्वकालागि अपरिहार्य रहेको कुरामा जोड दिदै प्रजातान्त्रिक समाजवादमा मात्र आम नागरिकको हक अधिकार सुनिस्श्चित हुने बताए ।

बेलायतवासी नेपालीहरुले दैनिक बेलायतको नियम कानुनको रुपमा प्रजातान्त्रिक अभ्यास गरिरहेका हुनाले त्यहि अभ्यासलाई नीतिगत र सैदान्तिक रुपमा अपनाउदै नजिकिदै गरेको स्थानिय चुनावमा देशमा रहेका परिवार तथा आफÞन्तहरुलाई सम्पर्क गरि आफ्नो पार्टी नेपाली काँग्रेसलाई सहयोग पुर्याउन आग्रह गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...