Thursday, April 27, 2017

एनआरएन अमेरिकाको सचिव पदमा टेक लामाको उम्मेदवारीको घोषणा

लस एन्जलस लाई कर्मक्षेत्र बनाएर अमेरिकामा समाज सेवामा अग्रसर रहेका टेक लामाले आगामी निर्वाचनमा आफुलाई सचिव पदको उम्मेद्वारको रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एकता समाजका वरिष्ठ उपाध्यक्ष, तामांग समाजका अध्यक्ष लगायत थुप्रै सामाजिक संस्थामा संलग्न लामाले आगामी निर्वाचनमा आफुले जिते सामाजिक एकताका लागि सक्रिय ढंगले काम गर्ने बताएका छन् ।

सन् १९९६ देखी जापान र युके लगायतका बिभिन्न देशमा आयात निर्यातको काम गरेको आफ्नो पृथक अनुभव हासिल गरेका लामा हाल नेपाल अमेरिका एकता समाजको बरिष्ठ उपाध्यक्ष पनि छन् l

यसको अतिरिक्त तामाङ सोसाईटी लस एन्जलसको चाप्टर अध्यक्ष रुपमा कार्यरत लामा नेपाल लगायत बिभिन्न ठाँउमा सामुहिक हित र आवश्यकता पर्दा चन्दा संकलन, पर्यटन विकास तथा प्रबर्धनको लागि काम गरेका छन् l

यसको साथै बिभिन्न सामाजिक कार्यमा सक्रिय रुपमा देखिने लामा भविश्यमा एनआरएनएको सचिवको रुपमा काम गर्न अवसर प्राप्त भएमा यो भन्दा बृहत्, प्रभावकारी ,उपल्लो तहमा गरि नेपाल,गैर नेपाली संस्था,गैर नेपाली सदस्य र समस्त नेपालीहरुको बिकासमा लग्न सकिने कुरामा बिश्वस्त रहेका छन् l

र आफ्नो उमेद्ववारी सामाजिक बिकास, परिवर्तन र सहि प्रतिनिधित्वको लागि साथ सहयोग माग्दै सचिव पदमा आफ्नो उमेद्ववारी दिएको घोषणा व्यक्त गरेका छन् ।

करिव १७ हजारको हाराहारीमा बनेका सदस्यताले आगामी दिनमा दीर्घकालीन सोचका साथ एनआरएन लाई अझ बलियो साझा घर तथा प्रवासीहरुको मुल संस्थाको रुपमा विकास गराउन आफ्नो पनि नयाँ केही सोचहरु रहेकोले आफ्नो उम्मेदवारी घोषणा गरेको दावि समेत गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...