अप्रिल २७ ,झन्डै तिन हप्ता अगाडी युनाईटेड हवाई जहाजले एक यात्रीलाई लछार पछार पारेको दृश्य व्यापक भए पछि अन्तत्वगत्वा पिडितलाई क्षति पूर्ति दिएकोछ l अहिले केहि समय अगाडी क्षति पूर्ति स्वरुप रकम प्रदान गरि यो मामला बन्द गरेको छ l
र कति रकम दिएको भन्ने बारेमा दुवै पक्ष बिच रहस्य नखोल्ने कुरामा सहमति भएको एसोसिएट प्रेस ले जनाएको छ l डेविड ड्याओ नामक चिकित्सकक कानूनी टोलि ले एक छोटो बिज्ञप्ति निकाल्दै कति रकममा सम्झौता भएको बारेमा गोप्य राखिने जनाएको छ l
र उक्त टोलीले युनाईटेड का प्रमुख कार्यकारी अधिकारी अस्कार मुनोज को प्रसंशा गरेका छन् l तीन हप्ता भित्र नै समाधान भएको छ भने अदालतमा मुद्धा दायर नहुने भएको छ l प्रमुख कार्यकारी अधिकारी अस्कार मुनोजले सम्पूर्ण जिम्मा आफुले लिएका छन् l अरुलाई दोषारोपण नगर्दै आफ्नो गल्ति भएको स्वीकारेका छन् l
घटना युनाईटेड को ३४११ नामक हवाई जहाजमा भएको थियो भने श्रब्य दृश्य (भिडियो ) व्यापक भएको कारण पटक पटक उनले माफ मागेका थिए l केन्टकी का ६९ बर्षिय चिकित्सक जबर्जस्ती तानेर हटाउने क्रममा दात फुस्केको र नाक पनि भाचिएकोमा पिडा भोगेको पिडितका वकिलले जनाएका छन् l
T
No comments:
Post a Comment