Wednesday, April 12, 2017

आर्थिक समृद्धिको आधार पर्यटन : उपराष्ट्रपति पुन

काठमाडौँ, ३० चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्र नै मुख्य आधार भएको बताउनुभएको छ ।

शिखरपोस्ट मिडियाको तेस्रो वार्षिकोत्सव समारोहमा उपराष्ट्रिपति पुनले पर्यटन प्रवद्र्धन नगरी देशको विकास सम्भव हुन नसक्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो ।

विकासका लागि सरकारको मात्र बाटो हेर्न नुहुने भन्दै उहाँले निजी क्षेत्रले पनि पर्यटन क्षेत्रको विकासको लागि पहल गर्नुपर्ने बताउनुभयो । राज्यले ध्यान पु¥याउन नसक्दा पनि विकासले गति लिन नसकेको स्वीकार्दै उपराष्ट्रपति पुनले अबको दश वर्षमा मुलुकको मुहार फेर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले नेपालको सबै स्थान पर्यटन प्रवद्र्धनको हिसाबले उत्कृष्ट रहेकाले निजी क्षेत्रले लगानी गर्दा सरकारले पनि सहयोग र साथ दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिखरपोस्ट मिडियाका प्रधान सम्पादक प्रकाश खालिङले पत्रकारिताको माध्यमबाट मुलुकलाई आर्थिक समृद्धितर्फ लान सकिने बताउनुभयो ।

सोही कार्यक्रममा साउदीको जेलमा परेका रोल्पाका दिलबहादुर घर्तीमगरको उद्धारका लागि उहाँको परिवारलाई अनिश प्रतिष्ठानको तर्फबाट रु तीन लाख प्रदान गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...