Tuesday, May 2, 2017

अष्ट्रेलिया निवासी राजेश्वर घिमिरेको प्रयास र प्रायोजकमा जनप्रभात माबि कालिमाटी काठमाण्डौंका बिधार्थीहरुलाई साईबर सुरक्षा सम्बन्धी तालिम

 

 

 

काठमाण्डौ, अप्रिल ३०, २०१७ – हाल अष्ट्रेलिया निबासी नर्सिङ पेसामा कार्यरत तथा समाज सेवा अनि आफ्नो मातृभुमि प्रति सदैब सहयोगी हात बढाउने राजेश्वर घिमिरेको प्रयास र प्रायोजकमा जनप्रभात उच्च माध्यामिक बिधालयमा १० कक्षामा अध्ययनरत बिधार्थीहरुलाई लक्षित गरि साईबर अपराधबाट बच्न कसरि सचेत हुने एवं कम्प्युटर, ईन्टरनेट, इमेल, मोबाईल, वाईफाई र सामाजिक सञ्जाललाई सुरक्षित तरिकाले कसरि प्रयोग गर्ने “साईबर अपराध र सुरक्षा तालिम” बिषयमा दक्ष प्रशिक्षकहरुबाट एकदिने प्रयोगात्मक  तालिम प्रदान गरियो ।

कार्यक्रमको सुरुवातमा प्रायोजकको बारेमा घिमिरेका पिता सालिकराम उपाध्यायले बोल्नु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट फ्रोफेसर कुमार पुडासैनीले सहभागिहरुलाई करिब ३ घण्टा लामो प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो भने संयोजक  मनिशा रानाभाटद्वारा  कार्यक्रमको आयोजना गर्नु भएको थियो कार्यक्रमको अन्तमा सहभागि बिधार्थीहरुले आफ्नो जिज्ञासा राखेका थिए र सबै सहभागि बिधार्थीहरुलाई साईबर सेक्युरिटीको प्रमाणपत्र पनि बितरण गरिएको थियो ।

यो कार्यक्रमको मुख्य उदेश्यमा अष्ट्रेलिया निवासी यस कार्यक्रमका प्रायोजक राजेश्वर घिमिरेको तेश्रो कृति उपन्यास “गौतम बुद्दको सहर” को बितरण पनि गरिएको थियो।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने [email protected] मा संपर्क गर्न सक्नु हुनेछ ।

सहभागीहरुको नामबली हेर्न यहाँ क्लिक गर्नुहोस

1.jpg
2.jpg
18209601_1172736806165951_563240874_o.jpg
18209662_1172737372832561_985876687_o.jpg
18209746_1172737286165903_516588039_o.jpg

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...