Tuesday, May 2, 2017

क्रेडिट कार्डको जीन्दगी

अमेरिकामा क्रेडिट कार्डले चल्छ जीन्दगी
न नगद चाहिन्छ न त चेक नै साटिन्छ
घर बस्न दिदैन डिस्काउन्ट कुपनले तान्दछ
नगद चाहिदैन क्रेडिट कार्ड घोटे भइ हाल्दछ

हरेक खाद्ययमा फै्रश र अर्गानिक नन अर्गानिक, छ
हरेक खरिदमा पनि रीर्टन पोलेसि लागु छ
यहा सामान बे्च्ने बिकाउने अनेक दाउ पेच छ
किन्न सक्ने नसक्ने कुरै छैन क्रेडिट कार्ड सधै साथै छ

प्रत्येक दिन त नभनौ हरेक हप्ता मल स्टोर्स चाहार्ने चलन छ
नया किन्ने अनि पहिले किनेको फिर्ता गर्ने नियमित चक्र छ
नगद नै चाहिदैन क्रेडिट कार्डको चलन छ
क्षणिक सुख र आनन्द दिलाउने रिटेल थेरापीको बहाना छ

यहा भोली होइन आजको जीन्दगी छ
सुख सहेल गर्न सक्ने जति आज नै गरन्छि
भोलीको सुख सहेलको लागी पर्खिनै चलन छैन
त्यसो गर्ने पनि उपभोगबादी सस्कृतीले दिदैन

बचत गर्ने न नीति छ न बानी नै छ
खाने खुवाउने पिलाउने अनेक परम्परा छ
जागीर आज हो कि भोली ठेगान छैन
त्यसैले गुड फ्राई डे मनाउने बानी छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...