Sunday, May 28, 2017

नेवा: अर्गनाइजेसन अफ अमेरिकाको १६ औ बार्षिक सम्मेलन भव्यताको साथ सम्पन्न ,अध्यक्ष पदमा बबिता प्रधान श्रेष्ठ निर्वाचित

सन् २००१ मा स्थापित अमेरिकाको वाशिंगटन डिसी क्षेत्रको गैर मुनाफा सामाजिक सँस्था नेवा: अर्गनाइजेसन अफ अमेरिका को १६ औ बार्षिक सम्मेलन सफलता पूर्वक सम्पन्न भएको छ l कार्यक्रममा बिबिध कार्यक्रमको आयोजना सहित बार्षिक सम्मेलन मार्फत अध्यक्ष पदमा बबिता प्रधान श्रेष्ठ निर्वाचित भएकी छिन्। गत मे २७ तारिख शनिबार भएको संस्थाको १६ औं बार्षिक अधिबेशनले अध्यक्ष पदमा उनलाई चुनेको हो।

नेवा: अर्गनाइजेसन अफ अमेरिकामा क्रियाशील रहेकी प्रधान बिभिन्न पदमा रही काम गरेको उनि संग अनुभव छ l नेवाः अर्गनाइजेसन अफ अमेरिकाको साधारण सदस्य, कार्यसमिती सदस्य, सचिब हुँदै प्रथम उपाध्यक्ष हुदै बबिता प्रधान अध्यक्ष पदमा पुगेकी हुन् l

नेवाः अर्गनाइजेसन अफ अमेरिकाको नयाँ कार्यसमितीमा अध्यक्षमा बबिता प्रधान ,प्रथम उपाध्यक्षमा पुस्कर प्रजापती,द्वितीय उपाध्यक्षमा शुसिल मान श्रेष्ठ ,महा सचिबमा महिन्द्र प्रधान ,सचिबमा दिवाकर धौडेल तथा कोषाध्यक्ष राजेश श्रेष्ठ निर्वाचित भएका छन् l

यसै गरि सदस्यमा यज्ञमान शाक्य ,उदय श्रेष्ठ तथा मिना प्रधान निर्वाचित भएका छन् l १६ औं बार्षिक अधिबेशन रामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। अंग्रेजी माध्यमको पढाईमा प्रख्यात मानिने भारत पश्चिम बंगालको सेन्ट थोमस गर्ल्स स्कुलबाट माध्यमिक शिक्षा उतिर्ण बबिताले त्रिभुबन बिश्वबिध्यालय बाट स्नातक गरेकी छिन्। नव निर्वाचित अध्यक्ष बबिता प्रधान वाशिंगटन डिसी स्थित बिश्व बैंकको प्रधान कार्यलयमा कार्यरत छिन्।

कार्यक्रमको लागि नेपाल बाट अनुसन्धानकर्ता ,नेवा अध्येता तथा प्रमुख अतिथि काशीनाथ तमोट तथा बिशेष अतिथि त्रिवि का पूर्व उप कुलपति प्रा कमल कृष्ण जोशी को सहभागिता रहेको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts