Monday, May 1, 2017

नेपाली जनसम्पर्क समिति क्यानाडाको कार्यसमिति विस्तार संगै “आकस्मिक कोष” को स्थापना:

मे १ , २०१७ नेपाली जनसम्पर्क समिति क्यानाडाको केन्द्रिय कार्यसमितिको नियमित बैठक संस्थाका सभापति तुल्सी पौडेलको अध्यक्षतामा क्यानडाको ब्रह्मटनमा हालै सम्पन्न भयो। संस्थाका अग्रज शुभेच्छुकहरु समेतको उल्लेख्य उपस्थिति रहेको उक्त पूर्ण बैठकले समसामयिक परिस्थितिको समिक्षा गर्नुका साथै संस्थाको भावी कार्ययोजना तथा आगामी कार्यक्रमका बारेमा बिस्तृत छलफल गरि केहि महत्वपुर्ण निर्णय समेत गर्यो।

बैठकले क्यानडास्थित नेपाली समुदायमा भैपरि आउने विभिन्न खाले विपति र दु:खहरुमा मानवीय सहयोग गर्न सकियोस भन्ने हेतुले ‘आकस्मिक कोष’ स्थापना गर्ने निर्णय समेत गर्यो। सोहि दिनमा बैठक पछि संस्थाका शुभेच्छुकहरु तथा केन्द्रिय सदस्यहरुको स्वत:स्फुर्त पहलमा उक्त कोषमा करिब १८०० क्यानेडियन डलर संकलन भै सकेको कुरा समेत बताइएको छ। यस आकस्मिक कोषलाई अझ व्यवस्थित र पारदर्शी बनाउन संस्थाका कोषाध्यक्ष बिद्याभूषण कार्कीलाई बैठकले जिम्बेवारी दिएको छ।

बैठकले संस्थाको विधिवत दर्ता प्रक्रिया हप्तादिन भित्र सम्पन्न गरि अविलम्ब सदस्यता विस्तार अगाडी बढाउने निर्णय समेत गर्यो। उक्त बैठकले केन्द्रिय कार्यसमिति सदस्य दिपक गौतमलाई संस्थाको प्रवक्तामा सर्वसम्मतले मनोनयन गरेको छ। सो बैठकले क्यानाडाको विभिन्न प्रान्तस्थित क्षेत्रीय संयोजकहरुलाई केन्द्रिय कार्यसमिति सदस्यमा मनोनयन गरि थप जिम्मेवारी समेत दिएको छ ।

नेपाली जनसम्पर्क समिति क्यानडाको बढ्दो संगठन संजाललाई मध्यनजर गर्दै आफ्ना कामकारवाही थप व्यवस्थित र पारदर्शी गर्न क्यानडाका सबै प्रान्तहरुको प्रतिनिधित्व हुने गरि केन्द्रिय कार्यसमिति विस्तार गरेको बताइएको छ। मनोनयन हुने केन्द्रिय सदस्यहरुमा डा. चन्द्रप्रकाश पौडेल, डा. डिल्लीराज पौडेल, ई. निरन्जन के सी, ई. शिवजी कोइराला, नरेन्द्र कुमार मैनाली, पार्वती कार्की, दधि अर्याल, भरत चौधरी, गोपाल पौडेल, समीर पाण्डे, बिनोद शर्मा, उदय दुरा, राजु बराल, अर्जुन ओली, अमिन खड्का, कुमार पौडेल, भोजराज भट्ट, कविन ढुंगेल र कमल गिरी रहनुभएको छ। सो मनोनयन संगै संस्थाको केन्द्रिय कार्यसमिति ३९ सदस्यीय हुन पुगेको छ ।

उक्त बैठकले केन्द्रिय सदस्य ऋषिकेश घिमिरेले आफ्नो कार्यब्यस्तता तथा समय अभाबको कारण देखाई आफ्नो पदबाट दिनुभएको राजिनामा सर्वसम्मतले स्वीकृत गरेको छ। साथै उक्त बैठकले निवर्तमान केन्द्रिय सदस्य घिमिरेले संस्थाको विस्तार एवं विकासमा पुर्याएको महत्वपुर्ण योगदानको लागि हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा समेत सहयोग रहने विश्वास ब्यक्त गरेको छ ।

अन्त्यमा, मिटिंग स्थल लगायत स्वागत तथा अतिथ्यता प्रदान गर्नुहुने राजकुमार महत तथा अन्जु बिष्टलाई केन्द्रिय कार्यसमितिको तर्फबाट हार्दिक आभार व्यक्त गरिएको थियो !

दीपक सापकोटा
महामन्त्री

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...