Friday, May 26, 2017

नारायणाीमा डुबेर दुई किशोरको मृत्यु

नवलपरासी,१२ जेठ । सेल्फी खिच्ने क्रममा नवलपरासीमा दुई जनाको ज्यान गएको छ ।

नारायणी नदी किनारमा सेल्फी फोटो खिच्ने क्रममा नारायणी नदीमा खसेर दुई जना किशोरको मृत्यु भएको हो ।

 

इलाका प्रहरी कार्यालय गैडाकोटले दिएको जानकारी अनुसार विहीबार नारायणी नदी किनार सेल्फी खिच्दा नदीमा खसेर बेपत्ता भएका दुई जनाको शव शुक्रबार विहान फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी नायव निरिक्षक सुवास हमालले जनाए अनुसार गैडाकोट नगरपालिका २ वि्रटिस क्याम्प नजिकै नदी किनारमा फोटो खिच्ने क्रममा गैडाकोट-२ का १७ वर्षीय आशिष श्रेष्ठ र गैडाकोट-८ का १७ वर्षकै भुपेन्द्र केसी वेपत्ता भएका थिए ।

दुवै जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले सोही स्थानमा फेला पारेको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...