Friday, May 26, 2017

स्थानीय तहको प्रतिवेदन राजपत्रमा प्रकाशित

काठमाडौं ,१२ जेठ। स्थानीय तह थप गरिएको प्रतिवेदन राजपत्रमा प्रकाशित भएको छ ।

प्रतिवेदन नआएको भन्दै निर्वाचन आयोगले असन्तुष्टि जनाइरहेका बेला संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रतिवेदन प्रकाशित गरेको हो ।

 

सरकारले हालै मात्र दुई उपमहानगरलाई महानगर र २४ गाउँपालिकालाई नगरमा स्तरोन्नती गर्नुका साथै २२ स्थानीय तह थप गरेको थियो ।

तर, निर्वाचन आयोगले भने पुरानै ४६१ स्थानीय तहमा मात्र जेठ ३१ गते निर्वाचन गर्न सकिने बताएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...