Thursday, May 25, 2017

सेनाले भन्यो– सम्पूर्ण शक्ति लगाएर समयभित्रै फास्ट ट्रयाक बनाइछाड्छौं

काठमाडौं, ११ जेठ । काठमाडौँबाट तराई एक घन्टामा पुग्न सकिने ७६.२ किमी दूरीको द्रुतमार्ग सडक आयोजनाको काम नेपाली सेनाबाट चार वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले निर्णय गरेअनुसार आज रक्षा मन्त्रालयमा सो विषयमा बैठकको आयोजना गरियो ।

बैठकमा रक्षामन्त्री बालकृष्ण खाणले सरकारले यो गहन कार्यको जिम्मा ठूलो भरोसा गरेर नेपाली सेनालाई दिएकाले गुणस्तरीय ढङ्गले समयमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तराई/मधेसका जनतालाई एक घन्टामा काठमाडौँका जनतासँग नजिक्याउने यो आयोजना पूरा हुँदा सेना र देशकै कार्यकुशलतामा अभिवृद्धि हुने बताउनुभयो ।

साठी वर्ष पहिले बनेको त्रिभुवन राजपथबाट अर्बौं रकम, इन्धन, सवारीसाधन मर्मत र समय गणनाको हिसाबले खर्च भइरहेको हुँदा सबै पक्षबाट यो आयोजना राष्ट्रको हितमा रहेको बैठकमा धारणा राखियो ।

नेपाली सेनाका कार्यबाहक प्रधान सेनापति बलदेवराज महतले सरकारले यो कार्यको जिम्मेवारी दिएकोमा आभार प्रकट गर्दै सेनाको सम्पूर्ण शक्ति लगाएर यो जिम्मेवारी समयभित्रै पूरा गरिने बताउनुभयो ।

यस आयोजनाको प्रत्येक महिना कार्य प्रगति अनुगमन गरी सरकारसमक्ष प्रतिवेदन दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय नीतिगत समन्वय तथा अनुगमन समिति गठन गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...