Thursday, May 25, 2017

मिस एसईई आइडल २०१७ बनिन अनुषा राई

ट्रिनिटि मार्केटिंग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको पेन्टागन मिस एस ई ई आइडल २०१७ चौथो संस्करण प्रतियोगिताको उपाधी अनुषा राईले हात परेकी छिन ।

गत हप्ता शुक्रबार साँझ राजधानीमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घरमा प्रतियोगितामा अनुषाले १३ जना पछाडी पर्दै उक्त उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन l

प्रथम उप बिजेतामा रोशिक थापा,दोश्रो उप बिजेतामा सेलिना महर्जन र दृतिय उप बिजेता रुबी कक्षपतिले उपाधि हात पार्न सफल भएका थिए l

यसै गरि अन्य बिबिध उपाधि अन्तर्गत भिउर च्वाईस र मस्ट ट्यालेन्टेड अनुषा राइ, मिस फोटोजेनिकमा रुबी शाही, मिस फ्रेन्डली र पब्लिक च्वाईसमा रुबी कक्षपति, मिस बबली लोरिश गुरुङ, मिस क्याट वाल्क बर्षा घोरासैनी, बेस्ट स्माइल जेसिका शाही, बेस्ट पर्सनालिटी दैशा श्रेष्ठ, मिस डिसिप्लिन श्रेया श्रेष्ठ, मिस पन्चुअल पुजा सिवाकोटी, बेस्ट हेयर सुष्मिता कार्की, बेस्ट ड्रेस सेलिना महर्जन, मिस कन्फ़िडेण्ट रोशिक थापा, मिस इन्टरटेनर अमिषा गुरुङ, बेस्ट फिगर सामाना घिमिरे घोषित भए ।

उक्त प्रतियोगिताको निर्णायकमा संचारकर्मी सुर्य चन्द, नायिका, निमार्त्री बर्षा राउत, नृत्य निर्देशक रेखा अर्याल,बिशाल पाण्डे, पवन शाक्य, ओम शंकर श्रेष्ठ र श्रिंगार कलाकार टेकराज पाण्डे रहेका थिए ।कार्यक्रमको सम्पूर्ण कोरियोग्राफर ( नृत्य /अन्य निर्देशन )नमिता भण्डारीले गरेकी थिइन् ।

तस्बिर श्रोत :सावित्री सुनिता ढुंगाना /ओएस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...