Sunday, May 7, 2017

लोक गित र हाँस्य कार्यक्रम स्विटजरल्याण्डको जुरिचमा सम्पन्न

नेपालका चर्चित कलाकारहरुको उपस्थितिमा स्विटजरल्याण्डको जुरिचमा गत शनिवार हाँस्य कार्यक्रम सहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा “मेरी बास्सै”का हाँस्य कलाकार बल्छि धुर्बे (मरिचमान श्रेष्ठ), राजु मास्टर (राजु पौडेल) र गायिका सिर्जु अधिकारीको प्रस्तुति रहेको थियो ।

हाँस्य कलाकार बल्छि धुर्बे र राजु मास्टरले नेपालमा चलिआएको फोहोरी राजनीतिलाइ समेट्दै हाँस्य व्यङ्ग्यत्मक कला प्रस्तुत गरेका थिय भने स्विटजरल्याण्डको आनन्ददायी वातावारणले आश्चर्य(चकित) भएता पनि हाम्रै काठमाण्डौको धुलो धुँवा नै ठिक भन्ने व्यङ्ग्यत्मक कबिताले उपस्थितिहरुलाइ वा वा वा भन्न बाध्य बनाएका थिय । हाँसोको साथ साथै गायिका सिर्जु अधिकारीले ‘ फिगर कोकाकोला `जस्ता चर्चित बिभिन्न अरु गितहरुले दर्शकहरुलाई मनोरंजन गराउंदै नचाएकी थिइन ।

बल्छि धुर्बे र राजु मास्टरले देश विदेशमा रहेका नेपालीहरुलाई बिदेशी भन्दा पनि हाम्रै आफ्नै भेष, भुषा, संस्कृति, संगीतलाइ प्राथमिकता दिन अनुरोध गर्दै नाटकीय व्यङ्ग्यत्मक कला पनि प्रस्तुत गरेका थिए ।

स्विट्जरल्याण्डका लागि पर्यटन दूत कमल भट्टद्वारा छोटो समयमा आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेखनीय उपस्थित रहेका थिय । भाषण,उद्घोषक बिना सिधै संचालन गरिएको उक्त कार्यक्रमले कार्यक्रम गर्ने एक नौलो र नयाँ आयाम चालेको उपस्थितदर्शकहरुले महशुस गरेका थिय ।

कार्यक्रममा दर्शकहरु लगाएत संघ संस्थाबाट संकलन गरिएको १,००५ ( एक हजार पांच ) स्विस फ्रान्क कलाकारहरुलाई हस्तान्तरण गरिएको पर्यटन दूत कमल भट्टले स्विस नेपाल डट कम लाइ जानकारी गराएका छन् ।

कार्यक्रम स्थलशुल्क प्रायोजक गर्ने स्विस नेपाल समाज , नाश्ता र सफ्ट ड्रिंक्स उपलब्ध गराउने एन आर एन ए स्विसकि उपाध्यक्ष सिमा गौतम अर्याल, स्विस स्थित बिभिन्न संघ संस्था, मिडिया,उपस्थित सम्पूर्ण स्विसबासि नेपालीहरु लगाएत नेपाल प्रेमी बिदेशीहरुलाई आयोजकको तर्फबाट हिर्दय देखि धन्यवाद प्रकट गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...