Tuesday, May 2, 2017

वासिंटन राज्यमा एनआरएनए तदर्थ समिति गठन ।

एनआरएनए अमेरिका का अध्यक्ष डा केशव पौडेलको उपस्थितिमा यहि एप्रिल २९ तारिख शनिवारका दिन वासिंटन राज्यको सियाटलमा एनआरएनए अमेरिकाको च्याप्टर गठन गरिएको छ ।

एन अार एन अमेरिकाको अासन्न निर्वाचनलाई अझ समावेशी बनाउने क्रममा शनिवार वाशिङटन राज्यको सियाटलमा तदर्थ समिति गठनका लागि फोकल व्यक्तिको रुपमा डा नबिन खनाल लाई नियुक्त गरेको छ ।

माईक्रो सफ्टको केन्द्रीय कार्यालय स्थित सम्मेलन हलमा शनिवार सम्पन्न एक बिशेष भेलालाई सँबोधन गर्दै तदर्थ समिति गठनका लागि फोकल व्यक्तिको रुपमा डा नबिन खनाललाई नियुक्त गरिएको एन अार एन अमेरिका का पश्चिमी क्षेत्रका उपाध्यक्ष श्री डिल्लीराम भट्टराईले जानकारी गराउनु भयो ।

उक्त सभालाई प्रमुख अतिथि, तथा नेपाली राजदूत डा. अर्जुन कार्की, अतिथिहरुमा एन अार एन अमेरिकाका अध्यक्ष डा केशब पैाडेल, एन अार एन अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराई , एन अार एन अाई सि सि क्षेत्रिय सँयोजक सोनाम लामा, एन अार एन अाई सि सि उप सँयोजक तथा नव नियुक्त अबैतानिक बाणिज्य दूत ए सि शेर्पा, एन अार एन अभियन्ता बि अार लामा, लगायत बरिस्ठ समाजसेवी मोहन गुरुङ र पशुपति पाण्डे लगायतले सँबोधन गर्दै नया बन्दै गरेको एन अार एन को राज्य शाखाले स्थानीय सँघ सँस्थाहरु सँग सहकार्यको बाताबरण बनाई अगाडि बढन सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

यस नियुक्तिले अाफुमा नयाँ उर्जा सँचार हुनुका साधै थप जिम्मेवारी बोध भएकोले एन अार एन अभियानलाई अझ पारदर्शी र सहभागीमुलक सँथाको रुपमा अगाडि बढाउने प्रढ गर्दै डा नबिन खनालले सँपूर्ण अतिथि लगायत सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
– सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएनए अमेरिका

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...