Tuesday, May 2, 2017

बङ्गलबादेशमा आँधी सातको मृत्यु

 

 


ढाका, १९ बैशाख । बङ्गलादेशमा सोमबार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ भने, अन्य दर्जनौं घाइते भएका अधिकारहले मङ्गलबार जानकारी दिएका छन ।

रातीको समय केही घण्टासम्म चलेको यस आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको बताइएको छ । बङ्गलादेशको राजधानी ढाकाबाट करिब २५६ किलोमिटर दक्षिणमा पर्ने राजसाही जिल्लामा सो आँधीमा परी चार व्यक्तिको मृत्यु भएको बताइएको छ ।

त्यसैगरी राजसाही जिल्लामा भएको अन्य तीन जना घाइतेहरु भने राजसाही मेडिकल कलेज हस्पितलमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ ।
यस आँधीको कारण उक्त जिल्लामा रेल मार्ग, यातायतलगायत निर्माणाधिन अवस्थामा रहेका भवनहरु समेत क्षतिग्रस्त भएका छन् । रासस / सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...