Tuesday, May 2, 2017

उजिर मगर नेजा को कार्यक्रमको लागी अमेरिका आउने

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव उजिर मगर आगामी मे ६ र ७ तारिखमा हुने नेपाल अमेरिका पत्रकार संघको साधारण सभाको लागि अमेरिका आउने भएका छन् l

मगर मे ४ तारिख अमेरिका अवतरण गर्ने छन् भने उनि नेजाको कार्यक्रमको लागि प्रमुख अतिथि रहने छन् l नेपाल अमेरिका पत्रकार संघले नेपाल पत्रकार महासंघलाई ठुलो संस्थाको रुपमा लिने भएकोले केन्द्रिय स्तर बाट नै कार्यक्रममा बोलाइने भएकोले मगर नेजा को सम्पूर्ण कार्यक्रमको लागि प्रमुख अतिथि रहने छन् l

यसै गरि नेजाको साधारण सभाको लागि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की ( बिद्या वारिधि )विशेष अतिथि ,नेपाल का लागि पूर्व अमेरिकन राजदुत स्कट डेलेसी तथा अन्य बिशेष व्यक्तिहरु विशिष्ट अतिथिहरु रहनु हुने नेजाका उपाध्यक्ष तथा साधारण सभाका संयोजक गुणराज लुइँटेल ले जानकारी दिएका छन् l

मगर २०५१ सालदेखि पत्रकारितामा सक्रिय छन् l नेपालका राष्ट्रिय स्तरका पत्र पत्रिकामा आबद्ध छन् भने उनि निरन्तर कलम चलाउछन l यसको साथै नेजाको तयारी अन्तिम अवस्थामा पुगेको बुझिएको छ l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...