Friday, May 26, 2017

अब बन्ने सरकार अहिलेकै गठबन्धनको निरन्तर :पम्फा भुसाल

भक्तपुर १२ जेठ । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिए पनि अब बन्ने सरकार अहिलेकै गठबन्धनको निरन्तर सरकार हुने बताउनुभएको छ ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले नेपाली काँग्रेससँग विगतमा भएको सहमतिका आधारमा काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउँदै माओवादी केन्द्र अब बन्ने सरकारलाई सहयोग गर्न सरकारमा सहभागी हुने स्पष्ट गर्नुभयो ।

उहाँले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा असन्तुष्ट राजनीतिक दलसमेत सहभागी हुने बताउनुभयो । उहाँले सरकारले अहिले ल्याएको बजेट, नीति तथा कार्यक्रम नियमित भएका कारण यसमा कसैले पनि टीकाटिप्पणी गरी आचारसंहिताविपरीत भन्नु अर्थहीन भएको जिकिर गर्नुभयो ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षानुसार माओवादी केन्द्रले जित हासिल गर्न नसकेको बताउँदै उहाँले पहिलो चरणमा माओवादी केन्द्र तेस्रो भए पनि पार्टीको कार्यसूची भने सफल भएको जिकिर गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...