Friday, May 26, 2017

भर्जिनियाको मिडलटाउन शहरको योजना आयोग सदस्यमा नेपाली मूलका प्रदिप पौडेल नियुक्त

अमेरीकाको भर्जिनिया राज्यको मिडलटाउन शहरमा बसोबास गर्दै आएका नेपाली मूलका प्रदिप पौडेल योजना आयोग सदस्यमा नियुक्त भएका छन् । लिङ्कन एभरेष्टका नाम बाट आफ्नो चिनारी गराउन सफल रहेका प्रदिप पौडेललाई उक्त शहरका नगर प्रमुख डानिएल टि ड्रियुले गत फेब्रुअरी ६ तारिखमा नियुक्त गरेका हुन ।

लिङ्कन एभेरेष्ट लगायत जम्मा ८ जना लाई योजना आयुक्त सदस्य मा नियुक्त गरिएको छ भने त्यस मध्ये ७ जना अमेरिकन मुलका रहेका छन् । झन्डै अढाई दशक भन्दा अगाडी अमेरिका पूगेका एभरेष्ट सामाजिक सेवामा निरन्तर सकृय छन् ।

काडमान्डौको कमलपोखमा जन्मेका पौडेल व्यवसायका लागी अमेरीका पुगेका एभरेष्ट व्यवसायीहरुलाई परामर्सदाताका रुपमा काम गर्दै आई रहेका छन्

नेपालीहरु यस्ता पदमा पुग्ने क्रम बढ्दो छ भने पौडेल नेपाली मुलको व्यक्ति मध्य कै उक्त पदमा पुग्ने पौडेललाई सुवर्ण अवसर प्राप्त भएको छ । उक्त पदमा नियुक्त भए पछि सामाजिक संजाल मार्फत तथा व्यक्तिगत रुपमा चिन्नेहरूले उनलाई बधाई दिनेको ओईरो लागेको छ l

तस्बिर सौजन्य :रातोपाटी

 

तस्बिर सौजन्य :रातोपाटी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...