Monday, May 29, 2017

समीरको नक्कली कालीलाई जन्मदिन उपहार यस्तो आयो: भिडियो हेरौं

गायक समीर आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेका छन् । जन्मदिनमा साथीभाईले आफुलाई सर्पराईज गीफ्ट दिईरहेको भन्दै आफुले पनि दर्शक श्रोतालाई सर्पराईज गीफ्ट प्रदान गरेको उनले बताए । ए नक्कली काली बोलको गीत यूएस खबर अनलाईनको यूट्युब च्यानलबाट सार्वजनिक गर्दै आफ्ना दर्शक श्रोतालाई आफ्नो उपहार ग्रहण गरीदिनुहुन अनुरोध गरेका छन् । प्रदिप चापागाईको शब्द,राजनराज सिवाकोटीको संगीतमा समीरले स्वर भरेको गीतको म्यूजिक भिडियो प्रसन्न पौडेलले निर्देशन गरेका छन् ।

भिडियोमा बिदुर पाण्डेले कैद गरेका त्री.वि कीर्तिपुरको रमाईलो दृश्य टेकेन्द्र शाहले सम्पादन गरेका छन् । विगत डेढ दशकदेखि संगीतकर्ममा सक्रिय समीरले गत वर्ष “चट्ट सलाम”, “दुनिया बेग्लै छ” लगायत थुप्रै चर्चित गीतहरु बजारमा ल्याएका थिए । दाङ लक्ष्मिपुरका गायक आचार्य हाल अध्ययनको शिलशिलामा अष्ट्रेलियामा छन् । नेपालमा रेडियोकर्म र संगीतकर्मबाट चर्चा कमाएका समीर अष्ट्रेलियामा समेत चर्चित छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...