Monday, May 29, 2017

माता को दुख : यस्तो देखियो : भिडियो सहित : माता सबिता सरु शर्मा आचार्य

आदरणीय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा यो निलमणी भण्डारीको नमन्!

आज म नेपाली माता सविता सरु आचार्यको बारेमा थोरै कुरा लेख्दैछु।

हुन त सविता माता र म बिचको नाता रगतको नाता होईन, केवल एउटा भावनाको नाता मात्र हो। आजभन्दा करिब एक वर्ष अघि जेठमा म आफ्नो भाग्य हेराउने क्रममा सविता माताकोमा पुगेको थिएँ। हामी हिन्दू धर्मावलम्बी जो कोहीले पनि भगवान् प्रति आस्था राखेका हुन्छौँ र विश्वास र भरोसा पनि गर्छौँ भगवान् माथि। हामी मानब जातीहरुले आफ्नो जिविको पार्जन् का निमित्त जो कोहीले पनि केही न केही काम् गरिरहेकै हुन्छौँ। तर कोही सफल हुन्छन् त कोही असफल। सफल हुने त सफलता सँगसँगै सगरमाथाको उचाईमा कहिले पुग्न सकुँला भनेर निरन्तर अगाडि बढिरहेको हुन्छ, तर जो असफल भो उसको मनमा अनेकौँ तरङ्गहरु उत्पन्न भईरहेका हुन्छन्। एसो गर्दा पो होलाकि? उसो गर्दापो होलाकि? यो गर्दा पो होलाकि? त्यो गर्दा पो होलाकि? अन्तिम मा कतैबाट पनि सफलता प्राप्त गर्न नसकेपछि एस्तो लाग्छ कि साला भगवान् पनि छैनकि क्याहो? यदि भगवान् छ भने किन मेरो दु:ख मात्रै हेरेर बस्छ? तर यति हुँदाहुँदै पनि झिनो आशा र भगवान् प्रतिको झिनो आस्था चाहीँ मरेको हुँदैन रहेछ। यदि त्यो झिनो आशापनि रहन्नथ्योभने हामी आफ्नो आत्मा त्याग गरिसक्थ्यौँ। र भगवान् प्रतिको झिनो आस्था पनि हुँदैनथ्योभने हामी कुनै पनि देवताका मठ मन्दिर देख्दा आफ्नो शीर झुकाउँदैनथ्यौँ। म त्यही ब्यक्ति हूँ! आफू शारिरीक रुपमा अशक्त हुँदाहुँदै पनि गायक बन्नेँ ठूलो सपना बोकेर सबैको सपनाको शहर काठमाण्डौं आएँ। तर यो शहर मेरालागी सपनाको शहरमा मात्रै सिमित भईदियो,मेरा सपनाहरु पनि केवल सपनामै सिमित भईदिए। आफ्नो जिविको पार्जन् गर्नका लागी हदैसम्मको संघर्ष गर्नुपर्‍यो। काठमाण्डौंका दोहोरी साँझहरुमा गीत गाएँ।

मैनबत्ती को ब्यापार गरेँ, साईवर कम्युनिकेसन् बिजुली बत्ती पसल, दुनोट पसल, किराना पसल,मासु पसल, मोटरपार्ट्स पसल,तर कतैबाट पनि सफलता हात पार्न सकिन। २०५८ सालदेखिको मेरो यो साँगितिक यात्रामा काठमाण्डौंका धेरै माता पिता हरुलाई मैले आफ्नो हस्तरेखा देखाएँ।धेरैले धेरै कुरा भने, र उनीहरुले भनेबमोजिम गरेपनि। म यही धुनमा थिएँ, अब मेरो भबिष्यको बारेमा सबैकुरा बताउन सक्ने माता पिता को होला यो शहरमा? मेरो काम नै अब त नेटमा माता पिता खोज्नेपो हुनथाल्यो। क्यानाडा नेपाल डट कम् ले सविता माताको अन्तर्वार्ता लिएको भिडियो भेटेँ। एसैक्रममा म सविता सरु माताकोमा पुगेँ। भन्छन् हेर्नेको जस् र हेराउनेको भाग्य मिल्नुपर्छ रे। मलाई त्यो दूबै मिलेको अनुभूति भयो। र अर्को कुरा हामीजस्ता अशक्त ब्यक्ति प्रतिको उहाँको त्यो जुन् मायाँ ममता स्नेहप्रति त के कुरा गर्नु बयान गर्ने कुनै शब्दनै छैन मेरो डिक्स्नेरीमा। नेपालका अग्रज श्रष्टा नेता डाक्टर पाइलट एयर होस्टेज इन्जिनियर ठूला ठूला ब्यापारीहरु समेत उहाँकोमा आएको देख्दा मलाई पनि एस्तो लाग्योकि,म त कुनै भगवानको घरमा पो छु कि क्याहो जस्तो। त्यसपछि म आफ्नो फुर्सद मिल्नासाथ उहाँकोमा गइहाल्थेँ, उहाँको मोबाइलमा बिश्वभरीबाट फोन आउँथ्यो,

मैलेपनि धेरैचोटि उहाँको त्यो फोन उठाएको छु। फोनबाटै कस्ता कस्ता धम्की पनि आफ्नै कानले सुनेको छु। अनि ति फोहोरी शब्दहरु त म यहाँ लेख्न सक्दिनँ। आदरणीय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु धनकुटाको एउटा बिकट ठाऊँमा जन्मिएर यो काठमाडौं शहरमा आफूसँग भएको त्यो अलौकिक शक्तिलाई प्रयोग गरेर सबैको चित्त बुझाएर जिविको पार्जन र अरुको उद्धार गरिरहेकि सविता माताको बारेमा बिभिन्न झूटा समाचार बनाएर अनलाईन मिडिया हरुले उहाँको खेदो गरेको देख्दा कता कता हाम्रो समाजले मानवियता र सभ्यता भन्ने चिजलाई नै भुलेको हो कि जस्तो लाग्छ। फेरी अर्को कुरा यो काठमाण्डौं उपत्यकामा भित्र मात्रै दशहजारको हाराहारीमा माताहरु छन्।

तर किन सविता माताकै बारेमा मात्रै प्रायःजसो अनलाईन मिडिया हरुले नकारात्मक सन्देश बनाएर जताततै भाइरल बनाइरहेका छन्? एउटी महिलालाई एक्लै संघर्ष गरेर अगाडि बढ्न कति गाह्रो हुन्छ भन्ने कुरा अब हाम्रो समाजले भुल्दै गइरहेको हो त? काठमाण्डौंमा बसिसकेपछि धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ, घरबेटी देखि लिएर बिभिन्न समयमा आईपर्ने बिबिध कुराहरु यो सबैलाई समेटेर अगाडि बढ्न जति गाह्रो छ, मुखले बोल्दिन उत्तिनै सजिलो पनि छ। म सबैलाई एउटा कुरा भन्न चाहन्छु। मान्छेले ब्यापार गर्छ ब्यबसाय गर्छ आखिर किन गर्छ त पैसाकै लागी होइन? त्यस्तो एकजना ब्यक्ति मात्रै देखाउनुस् त मलाई, ताकि मलाई पैसाको आबश्यकता छैन भन्ने! सबैसँग म यो सामाजिक सञ्जाल मार्फत यो अनुरोध गर्दछु,एउटा नेपालीको आँशु झर्दा अर्को नेपालीले पुछ्नुपर्छ। एउटा नेपालीलाई चोट लाग्दा अर्को नेपालीलाई दु:ख्नुपर्छ।हाम्रो समाजमा नारीलाई देवीको रुपमा हेरिन्छ, यदि यो सत्य हो भने सविता मातालाई पनि त्यही रुपमा हेरौँ। होइन र झूट हो भने,यो राज्यले भनोस् सविता सरु नेपाली नागरिक होइनन्। उनको शरीरमा बगेको रगत नेपालीको रगत होइन। यदि यो सत्य सावित कसैले गर्छभने सविता सरुको हातमा भएको नेपाली नागरिकता खोसेर यो देशबाट लखेट्नका निम्ति म पनि लागि पर्नेछु। होइनभने एउटी नेपाली चेलीले आफ्नै मातृभूमिमा स-सम्मानजनक तरिकाले बाँच्न किन नपाउने??????

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...