Saturday, May 6, 2017

मलेसियामा नेपाली खेलाडी राईलाई स्वर्ण पदक प्राप्त

मलेसियमा सम्पन्न १४ औ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो कराते प्रतियोगितामामा नेपाली खेलाडी राई लाइ स्वर्ण पदक प्राप्त भएको छ l गत मे ६ तारीखमा २०१७ मा इपो,पेराक,मलेसियामा भएको खेलमा पदकधारी कर्ण बहादुर राईले नेपालको तर्फबाट ८४ केजी तौल समुह मुनिको प्रतियोगितामा स्वर्ण पदक हात पारेका छन,

कर्ण राईले भारत ,मलेशिया,इन्डोनेशिया र पुन फाइनलमा मलेसियालाई हराउदै स्वर्ण जितेका हुन l यसै गरिअर्का नेपाली खेलाडी तुलाराम धामीले ५५ केजी मुनि को तौल समुहमा ईन्डिया र मलेसियालाई जितेर पुन मलेसिया सङ सेमिफाइनलमा पराजित भएर कास्य पदकमा चित्त बुझाउनु पर्यो ।

खेल आज र भोलि सम्म चल्ने छ। सहभागी राष्ट्र.मलेसिया,नेपाल,ईन्डिया,बङलादेश,इन्डोनेशिया ,स्विडेन र फिलिपिन्सको सहभागिता थियो। आफ्नो देशको लागि पदक दिलाउने खेलादिहरुलाई नेपाली प्रवासी सितोरियो कराते संघ,मलेशियाका अध्यक्ष योगेन्द्र कोइरालाले धन्यवाद व्यक्त गरेका छन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...