Sunday, May 7, 2017

बम बनाउने सामग्रीसहित विप्लबको पार्टीका चार पक्राउ पक्राउ

गौशाला, २४ वैशाख । महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आज नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई आज पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्युरो प्रमुख सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

उनीहरुका साथबाट प्रहरीले बम बनाउन प्रयोग हुने प्रेसर कुकर बम बनाउने उपकरण, टाइम बम बनाइने घडी, तार दुई थान, डेटोनेटर छ थान,महोत्तरीको नक्सा, स्थानीय निर्वाचन खारेज गर लेखिएको पर्चा तीन सय थान र नेपाली काँग्रेस पार्टीको स्टिकर दुई सय थान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउबारे आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिने बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...