Monday, May 22, 2017

एटलान्टामा बप्‍पी लहरीले भने :म सधै नेपाल र नेपालीको सच्चा साथी हु !

अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहिरि(डिस्को किङ्ग ) एटलान्टामा भने आश्चर्य चकित हुनुको साथै हर्षित भए l कार्यक्रमको मध्यान्तरमा आयोजक समितिले प्रायोजक र सहयोगीहरुलाई मंचमा बोलाएर सम्मान गरेका थिए | यसै अवसरमा नेपाल र नेपालीहरुको तर्फ बाट पर्यटन-दुत राजा घले द्वारा मायाको चिन्नो स्वरुप एक प्लाक (धातुको पाता) गायक बप्पी लहिरिलाई प्रदान गर्दा अचम्मित हुनुको साथै निकै हर्षित भए l

उनले भने ” म नेपाल गएको छु र म सधै नेपाल र नेपालीको सच्चा साथी हु | म नेपालको लागि अवैतनिक राजदूत पनि हु पनि भने l नेपाल र नेपालीले सम्झेको खण्डमा कुनै पनि बेला म आउनेछु भनेर प्रतिबद्दता जनाए l

गत शनिबार मे २० तारिखका दिन बप्पी लहिरिको कन्सर्ट गुजरात समाज अफ एटलान्टाको भवनमा एटलान्टा इभेन्ट एण्ड प्लान्नरका संस्थापक रामजान बिरानी द्वारा आयोजित कार्यक्रम शभ्य र भब्य रुपमा सम्पन्न भयो |

साझको ९ बजे बाट सुरुवात भएको कार्यक्रममा रातको १२ बजे समापन भएको थियो |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...