Monday, May 22, 2017

युएनएको दोश्रो सम्मेलन प्रति प्रायोजकहरु उत्साहित: ७० हजार डलर भन्दा बढी संकलन

डलास(टेक्सस) ।
युनाइटेड नेपलिज एशोसिएशनको आसन्न दोस्रो सम्मेलनका लागि विभिन्न क्षेत्रवाट सहयोगको क्रम बढेको छ । डलासमा मे २६ देखि २८ सम्म हुने सम्मेलनका लागि हालसम्म ७० हजार सहयोग जुटेको आयोजक संस्थाका अध्यक्ष पासाग लामाले बताउनुभयो । झण्डै १ लाख ५० हजार खर्च अनुमान गरिएको सम्मेलनमा विभिन्न व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिगत ढंगवाट व्यवसायीहरुले सहयोग गरिरहनु भएको अध्यक्ष लामाले जनाउनुभयो ।

खेलकुदप्रतिगोगिता, सांस्कृतिक कार्यक्रम, युवाको क्षमता अभिवृद्दिमुखी विभिन्न कार्यक्रम संचालन हुने सम्मेलनमा स्थानीयको सहयोगले आफुलाई उत्साहित बनाएको उहाले बताउनुभयो । विभिन्न समितिहरुले कामलाई अगाडि बढाइरहनुभएको छ । उहाले भन्नुभयो नेपालवाट आउनेहरु पनि फिक्स भैसकेको छ, यहाको कामहरु पनि भैरहेको छ ।
अमेरिकामा रहेको नेपाली डायस्पोरामा युवा लक्षित यो कार्यक्रम परम्परागत भन्दा फरक ढंगवाट हुने बताउदैं उहाले सवैलाई सहभागिता जनाउन आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...