Sunday, May 7, 2017

प्रधानन्यायाधीश कार्की बिहानै सर्वोच्च अदालत पुगिन्

काठमाडौं, २४ वैशाख । न्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाको विवादास्पद आदेशसँगै प्रधानन्यायाधीश सुशीला कार्की आइतबारदेखि नियमित काममा फर्किएकी छन् ।

कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएको थियो । आदेशमा कार्कीलाई तत्काल काममा फर्कन भनेको थियो ।

सोही आदेशलाई कार्यान्वयन गर्दै प्रधानन्यायाधीश कार्की नियमित काममा फर्किएकी हुन् ।कार्की आइतबार बिहान साढे ९ बजे सर्वोच्च अदालत प्रवेश गरेकी हुन् ।कायम मुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आएका गोपाल पराजुली पूर्ववत् वरिष्ठ न्यायाधीशमा फर्किएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...