Sunday, May 7, 2017

सूचना टाँस गरेर संसद बैठक स्थगित, सभामुखले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं, २४ बैशाख । व्यवस्थापिका संसदको आज दिउसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमले गर्दा आजको बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ । अब अर्को बैठक आगामी जेठ  ४ गते ३  बजेको लागि बोलाइएको छ ।

बैशाख ३१ गते स्थानीय तहको चुनाव हुने र नेताहरु पनि जिल्ला जाने भएकाले यो महिना बैठक बस्न नसक्ने भएको हो ।

त्यस्तै, सभामुख ओनसरी घर्तीले केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गर्दैछिन् ।

उनले आकस्मिक रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो घटनाक्रम प्रधानन्यायाधीशमाथिको महाअभियोग, संविधान संशोधन लगायतका विषयमा धारणा सार्वजनिक गर्ने छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...