Sunday, May 28, 2017

सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ, १४ जेठ । सरकारले आव २०७४-७५ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद् बैठकको बहुमतले आज पारित गरेको छ ।

राष्ट्रपतिबाट यही जेठ ११ गते संसद् बैठकमा गरिएको सम्बोधनमार्फत आएको आव २०७४-७५ का लागि सरकारको नीति तथा कार्यक्रममाथि दिइएको धन्यवाद प्रस्तावलाई संसद्को आजको बैठकले बहुमतले पारित गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । यसअघि नीति कार्यक्रमका विपक्षमा सांसद प्रेम सुवाल, अनुराधा थापा मगर र दुर्गा पौडेलले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । अब पारित नीति तथा कार्यक्रममा आधारित भएर संविधानानुसारसरकारले सोमबार आगामी आव २०७४ । ७५को वार्षिक आयव्यय विवरण(बजेट) प्रस्तुत गर्नेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...