Sunday, May 28, 2017

गोमा एयरका सहायक पाइलट सृजन मानन्धरको पनि मृत्यु

सोलुखुम्बु, १४ जेठ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको जहाज दुर्घटना हुँदा गम्भीर घाइते सहायक पाइलट सृजन मानन्धरको पनि मृत्यु भएको छ ।

गम्भीर घाइते अवस्थामा लुक्ला अस्पतालमै उपचार गराइरहेका मानन्धरको शनिबार अबेर राति मृत्यु भएको हो ।

शनिबार दिउँसै थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएपनि मौसमका कारण हेलिकोप्टर उडान हुन नसकेपछि उनको उपचार लुक्लामै भइरहेको थियो ।

पाइलट पारसकुमार राईको उपचारकै क्रममा शनिबारै मृत्यु भएको थियो । यता एयर होस्टेज प्रज्ञा महर्जनको स्वास्थ्य भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनाका घाइते एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । उनलाई हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...