Thursday, May 11, 2017

केपी ओलीले– रेकर्ड होइन् लाइभ नै सुनौ न भनेपछि… (भिडियो सहित)

काठमाडौं । ‘रेकर्ड होइन लाइभ नै सुनौ न’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सूर्य मै छाप लगाउँ’ बोलको चुनावी गीत सुनाउन गएका कलाकारहरुलाई आग्रह गरे । ओलीको आग्रह पछि कलाकार गोविन्द भण्डारी, मोतीराम भण्डारी र कला गुरुङ ओली निवास बालकोटमा गाउन थाले ‘भन्नुहुन्छ बाबा र आमाले प्यारो पार्टी नेकपा एमाले……..। .’

कलाकार गोविन्द भण्डारी, मोतीराम भण्डारी र कला गुरुङले चुनावी गीत ‘सूर्यमै छापा लगाउँ’ सार्वजनिक गरेका छन् । जनसांस्कृतिक मञ्च आवद्ध उनीहरुले एकसाता अघि यो गीत रेकर्ड गरेका हुन् । जनसाँस्कृतिक मञ्च नवलपरासीका उपाधक्ष्य गोविन्द भण्डारी, सदस्य मोतीराम भण्डारी र मञ्चकी अर्घाखाँची सदस्य गुरुङको संयुक्त स्वर एल्बममा सुन्न पाइन्छ ।

करिब ५ मिनेटको यो चुनावी गीतले एमालेको पक्षमा जनलहर ल्याउन ठुलो मद्धत गर्ने अध्यक्ष ओलीको प्रतिक्रिया छ । गीती लयमा एमालेलाई मतदान गर्न आग्रह गरेको सुन्न पाइन्छ ‘आयो आयो एमाले आयो,जनताले सूर्यमै छाप लायो ।’

राजधानी वा आफ्नो बसोबास क्षेत्र भन्दा बाहिर रहेका मतदातालाई सूर्यमा मतदान गर्न आफ्नो आफ्नो गाउँ र सहरमा जान आग्रह गर्दै भनिएको छ ‘जनताको एमाले पाटी, सूर्यमा छाप लाउनलाई जाउँ साथी ।’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...