लन्डन, २२ वैशाख । बेलायती महारानी एलिजावेथ द्वितीयाका पति प्रिन्स फिलिपले शाही जिम्मेवारीबाट सन्यास लिएको घोषणा गरेका छन् । एलिजाबेथका ९५ वर्षीय पति फिलिपले अब आफू कुनैपनि राजकीय मान्यता र छवीमा प्रस्तुत नहुने घोषणा गरेका हुन् । उनले आफ्नी पत्नी ९१ वर्षीय महारानी एलिजाबेथलाई राजकाजका काममा सहयोग गर्दै आएका थिए । बेलायती राजदरबारका प्रवक्ताले महारानी एलिजावेथले अझैपनि आफ्ना पति ब्यवहारिक, सांस्कृतिक तथा संस्कारजन्य काममा भने पुरानै हैसियतमा बस्ने विश्वास लिएको जनाएका छन् ।
उनी आगामी महिना ९६ वर्ष पुग्दै छन् । उनले अब यसअघि नै प्राप्त भएका निमन्त्रणाका कार्यक्रममा सहभागी हुने र अब शाही परिवारका रुपमा आएका कुनै पनि निमन्त्रणालाई स्वीकार नगर्ने बताइएको छ । २०१६ मा उनले १ सय १० दिन विभिन्न कार्यक्रममा सहभागी हुँदा बेलायती राजपरिवारको पाँचौ व्यस्त सदस्य बनेका थिए । उनी बेलायतमा अध्यक्ष र सदस्य गरी ७ सय ८० संगठनमा आवद्ध रहेका छन् ।
जसमा उनले पूर्ववत आफ्नो जिम्मेवारी निर्वाह गर्ने दरबारको विश्वास छ । दरबारका प्रवक्ताले भनेका छन्, ‘प्रिन्स अझैपनि समय समयमा निश्चित कार्यक्रममा सहभागी हुन सक्नेछन् ।’ – एजेन्सी
No comments:
Post a Comment