Friday, May 5, 2017

नेजाको साधारण सभाको उद्घाटन लगत्तै एनआरएन अध्यक्ष पदका प्रत्यासीहरु को बहस हुने

 

नेपाल अमेरिका पत्रकार संघ (नेजा )को साधारण सभाको उद्घाटन लगतै एनआरएनका अध्यक्ष पदका प्रत्यासीहरुको सशक्त बहस कार्यक्रम हुने भएको छ l उक्त बहस कार्यक्रमको लागि अध्यक्ष का उम्मेदवारहरु रबिना थापा ,केसव पौडेल ,गौरी जोशी ,डिल्ली भट्टराई ,राम सी पोख्रेल तथा कृष्ण पोख्रेल सहभागी हुने जानकारी दिई सकेका छन् l र बाहिर बाट आउनु हुने अध्यक्षका प्रत्यासीहरु आज साँझ सम्म डीसी आई पुग्ने भएका छन् l

उद्घाटन कार्यक्रममा नेजा द्वारा स्थापित पत्रकारिता पुरस्कारहरु समेत हस्तान्तरण गरिने छ l मनाससको स्थानीय लोकप्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज बाट संचालित पाठशालाका बिद्यार्थीहरुले नेपाली राष्ट्र गान ,अमेरिकन राष्ट्रगान तथा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुति गर्ने छन् l

उद्घाटन समारोह कै बीचमा प्रसिद्ध नृत्यांगना बिनिता न्यौपाने तथा बिबेचना निरौला को बिसेष प्रस्तुति सहित रहने छ l

नेजाको साधारण सभामा सहभागी हुन् नेपाल लगायत अमेरिकाका बिभिन्न राज्यहरु बाट संचार कर्मी ,आमन्त्रित अतिथि तथा विशिष्ट व्यक्तिहरु आउने क्रम जारीको साथै आई पुग्ने क्रम बढ्दो छ l
मे ६ तारिख बिहान १०;३० बजे शुरु
कार्यक्रम: नेजा एघारौं वार्षिक साधारण सभा
Inauguration Date: May 6 Saturday
Time: 10.30 AM Sharp
Vanue: Best Western Battlefield inn 10820 Balls Ford Rd, Manassas, VA 20109


No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...