Monday, May 22, 2017

संजय थापा द्वारा एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारीको घोषणा

आदरणीय दाजुभाइ दिदि बहिनिहरु

हार्दिक अभिवादन

एक अर्काको दुख सुखमा साथ खडा हुनु, आफु र आफ्नो स्वार्थ भन्दा समाज र सामाजिक हितलाइ महत्वपूर्ण मान्ने हामी नेपालीहरुको संस्कार हो l आफुलाई सदैव समाजको उन्नति प्रगतिमा लगाउँदा नै जीवन सार्थक हुन्छ भन्ने त्यही चिन्तनले गर्दा जीवन र जगत बुझे देखि यो वा त्यो ढङ्गले म पनि समाजको हित हुने काममा क्रियाशील रहँदै आएको छु l

चाहे जन्मभुमि नेपालमा हुँदा होस, वा उच्च शिक्षा हासिल गर्न भारत बस्दा होस वा अहिले अमेरिकामा रहँदा होस आफुले जानेसम्म र सकेसम्म आफुलाई समाज उपयोगी बनाउदै आएको छु l कहिले प्रजातन्त्र स्थापनार्थ संचालित शान्तिपूर्ण आन्दोलनको मोर्चामा त कहिले प्रवासी नेपाली विद्धार्थीको हक हित र सहजताको ग्यारेण्टी गर्ने अभियानमा, कहिले जनप्रतिनिधिको रुपमा विकास र सुशासनको ग्यारेण्टी गराउने मोर्चामा त कहिले निरङ्कुश राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापनार्थ संचालित शान्तिपूर्ण जनआन्दोलनको मोर्चा अनि पछिल्लो बर्षहरुमा अमेरिकाको नेपाली समुदायको सेवामा लागिरहेको, यहाँका नेपालीहरुसंग काँधमा काँध मिलाएर हिंडेको तथ्य त यहाँहरु सवैको सामु प्रष्टनै छ l

यहाँहरु सवैलाइ थाहा नै छ कि अमेरिकामा क्रियाशील अग्रणी सँस्था प्रवासी नेपाली मंचको बिभिन्न जिम्मेवारीमा रहेर मैले नेपाली समुदायको हितमा गरेको काम सबैका सामु प्रष्टनै छ , मैले उक्त संगठनको एक पटक नेतृत्व गरिसके पश्चात नेतृत्व ओगटी राख्नु हुदैन भन्ने मान्यताले नेतृत्व हस्तान्तरण गरेको पनि धेरै भएको छैन l कुनै संगठनको नेतृत्वमा रहनु वा नरहनुले सामाजिक सेवा प्रतिको प्रतिवद्धतामा कुनै कमि ल्याउने भन्ने प्रश्ननै भएन, त्यसैले फेरी पनि सामाजिक गतिविधिमा सदाझैं सक्रियनै भै रहेकै छु l

यस्तैमा हामी सवैको साझा संस्था एनआरएन अमेरिकाको नया नेतृत्व छनोटको अवसरको संघारमा नेपाली समुदाय पुगेको सवैलाइ थाहानै छ l यहाँहरुलाइ यो पनि थाहाछ कि विविध कारणले एनआरएन अमेरिका हामीले अपेक्षा गरेको जस्तो ढङ्गले चल्न सकेको छैन, नेपाली समुदायको विचमा भावनात्मक एकता गराउने सुत्र बन्नु पर्ने एनआरएन कहीं कतै बिभाजनको कारक पो बनेको हो कि जस्तो देखिएको छ l यस्तो अवस्थालाइ बदल्नु पर्छ , एनआरएन अमेरिकालाइ अमेरिकामा बस्ने सबै नेपालीहरुको प्यारो र लोकप्रिय संस्था बनाउनु पर्छ l त्यसो गर्न छेउमा बसेर यस्तो हुनुपर्छ त्यस्तो हुनुपर्छ भनेर मात्रै हुदैन त्यसको निम्ती त्यसको नेतृत्व छनोट देखि नेतृत्व गर्ने तहसम्म हस्तक्षेपकारी ढंगले हामी सहभागी हुन जरुरि छ l

यही सत्यको मनन गर्दै मैले पनि एनआरएन अमेरिकाको आगामी नेतृत्व गर्ने समुहको सदस्यको रुपमा रहनु पर्छ र यो संस्थालाइ सवैले विश्वास गर्न सक्ने सँस्था बनाउन लाग्नु पर्छ भन्ने निष्कर्ष निकालेको छु l त्यसैले एनआरएन अमेरिकाको आगामी निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उमेदवारी दिने निर्णय गरेको छु l यहाँहरु सवैको साथ समर्थनको आशा र विश्वास लिएको छु l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...