Monday, May 22, 2017

डिसीमा अन्तरक्रिया कार्यक्रम मा पूर्व राजदूत डा. शंकर शर्मा सम्मानित

मई २२ ,अमेरिकाका लागी नेपालका पूर्व राजदुत शंकर प्रसाद शर्मा(बिद्या वारिधि )लाई आयोजित एक गोष्टि कार्यक्रममा सम्मान गरिएको छ l डिसी महानगर क्षेत्र बासीको तर्फ बाट अमेरिकाको निजी भ्रमणमा आएको मौकामा अमेरिका नेपाल सहयोगी समाज र इन्टर नेसनल डेवलवमेन्ट इन्सटिट्युट को संयुक्त सयुक्त रुपमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा राजदुत शर्मालाई सम्मान पनि गरिएको हो l

नेपालमा सङ्घीयता को सन्दर्भ मा वित्तीय व्यवस्थापन बिषयक गोष्टिमा पूर्व राजदुत शर्माले प्रस्तुति गरेका थिए l उनले संबिधान लेखन ,देशको आर्थिक अवस्था ,परियोजना ,स्थानीय निर्वाचन ,सरकार को नीति ,स्थानीय निकाय आदि अन्य बिषयमा तथ्यांक तथा बुदा सहित प्रस्तुति गरेका थिए l राजदुत शर्माले आफु हुदा गरेका कामका बारेमा पनि चर्चा गरेका थिए l

पूर्व राजदुत शर्मा संग उपस्थित सहभागीले जिज्ञाशा राखेका थिए भने डा शर्माले जिज्ञाशाको उत्तर दिएका थिए l मई २१ तारिखका दिन भर्जिनिया को नोवा सामुदायिक कलेज (महा बिद्यालय )मा कार्यक्रमको आयोजना गरिएको थियो l राजदुत शर्माको साथमा जीवन संगिनी कल्पना शर्मा तथा छोरी समेतको उपस्थिति रहेको थियो l

कार्यक्रममा आयोजकको तर्फ बाट गोपाल रेग्मी ,सुमन तिम्सिना तथा पदम रेग्मीले कार्यक्रम तथा राजदुत शर्मा को बारेमा चर्चा गरेका थिए l अमेरिका नेपाल सहयोगी समाज का सभापति कमला खरेलले आफ्नो संस्थाले सामुदायिक भवन बनाउन गरेको योजना लाई सवैको सहयोगको अपेक्षा गर्दै राजदुत शर्माले समय दिनु भएकोमा राजदुत लगायत सवैलाई धन्यबाद दिएकी थिइन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...