एनआरएन अमेरिकाको निर्वाचन नजिकिदै जाँदा शाखा मध्ये कै एक एनआरएन भर्जिनिया शाखाले गत मे ४ तारिख नेपाली समुदाय लाई एकै थलोमा जमघट गराई आगामी एनआरएन निर्वाचन सम्बन्धि भेटघाट कार्यक्रम को आयोजना गर्यो l
एनआरएन भर्जिनिया शाखा ले डीसी महानगर क्षेत्रमा रहेका बुद्धिजीवी ,नेपाली समुदायका अगुवाहरु ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरेको थियो l पूर्ण अनौपचारिक भेटघाट कार्यक्रम रहेता पनि कार्यक्रममा उम्मेदवारी दिन चाहना राख्ने आकांक्षीहरुले आफ्ना कुराहरु र योजना समेत प्रस्तुत गरेका थिए l
उक्त भेटघाटमा प्रत्याशीहरुले कुरा राख्ने क्रम संगै नेपाली समुदायमा रहेका क्रियाशील सदस्यहरुले सुझाव ,सल्लाह ,टिप्पणी ,एनआरएन को अवस्था आदी ईत्यादी बारेमा खुलस्त आफ्ना विचार राखेका थिए l
सुझाव दिने क्रम मै तितो सत्य ओकल्दै मुख्य रुपमा हामी नेपाली हौ भन्ने कुरामा सवैले जोड दिएका थिए l अधिकांश सुझाव राखें हरुले हाम्रो भाषा ,संस्कृति जगेर्ना गन्रु पर्ने ,हामी नेपाल को राजनीति भन्दा माथि उठी अमेरिकन राजनीतिमा होमिनु पर्ने ,हामी नेपाली मात्र हौ भन्ने भावना राख्नु पर्ने ,एनआर एन लाई राजनीति मुक्त गर्नु पर्ने ,हाम्रा दोश्रा पुस्तालाई समेट्नु पर्ने ,एनआर एन ले बिशेष कुन कुन मुद्धा लाई उठाउनु पर्ने आदी ईत्यादी कुरामा रचनात्मक कुराहरु राखेका थिए l
सवैले एउटा सामुदायिक भवन निर्माण गर्नु पर्ने अपरिहार्य भएकोले उपस्थित केहि सहभागीले आफ्नो तर्फ बाट रकम दिने समेत घोषणा गरेका थिए l छोटो समयमा राखिएको उक्त कार्यक्रम को संयोजन दधि ढुंगानाले गरेका थिए भने अमेरिका नेपाल सहयोगी समाजका निवर्तमान अध्यक्ष पदम रेग्मीले अन्य चाजो मिलाएका थिए l
भेलामा महिला सामाजिक कार्यकर्ता पवन बाराकोटी खनाल तथा वर्तमान एनआरएन भर्जिनियाका उप सभापति गोविन्द सुबेदीले सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै केहि योजना समेत प्रस्तुत गरेका थिए l यसै गरि अन्य सहभागीले समेत उम्मेदवारी दिने घोषणा गरेका थिए l
कार्यक्रम संचालन दधि ढुंगानाले गरेका थिए भने एनआरएन भर्जिनिया शाखाका सभापति मुक्ति दवाडीले शाखा ले सोचे जस्तो काम गर्न नसकिएता पनि स्थापना गरेको उल्लेख गरेका थिए l सभापति दवाडीले अब स्थापना भएकोले शाखा लाई आउने नेतृत्वले राम्रो काम गर्ने कुरामा बिस्वस्त रहेको विचार राखेका थिए l
समाज सेवी गोपाल रेग्मीले समिक्षा गर्दै उम्मेदवार बिच प्रतिस्प्रद्धा नभई निर्बिरोध भएर आएमा समाज मा सकारात्मक संदेश जाने बताउदै सुझाव सल्लाह दिएका थिए l उपस्थित सहभागी मध्ये ले आफू कुनै पदमा नउठ्ने समेत जानकारी गराएका थिए l
No comments:
Post a Comment