Thursday, May 11, 2017

एएनए को निर्वाचन जून महिना को अन्त्य सम्म हुने ,निर्वाचन समिति गठन

 

अमेरिकामा सन् १९८३ मा स्थापित दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को निर्वाचन आगामी जून महिना भित्र हुने भएको छ l

एएनए अन्तरिम कार्यकारी समितिले छापा बिज्ञप्ति जारी गर्दै निर्वाचनको लागि निर्वाचन समिति समेत गठन गरेको छ l सन् २०१५ को बिधान अनुसार निर्वाचन गर्नु पर्ने भएकोले जुन मसान्त सम्म गर्ने जनाएको छ l

एएनए निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्तमा महेन्द्र कार्की (बिद्या वारिधि ),एएनए का पूर्व अध्यक्ष कृष्ण निरोला सह निर्वाचन आयुक्तमा तथा एएनए का पूर्व क्षेत्रीय उपाधक्ष्य विजय राज भट्टराई रहेको जानकारी छापा बिज्ञप्ति मार्फत एएनए का वर्तमान अन्तरिम अध्यक्ष मेदिनी अधिकारीले उल्लेख गरेका छन् l

२०१७ को एएनए सम्मेलन बाल्टिमोरमा हुने भएको छ भने आयोजक अहोरात्र काम गरि रहेका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...