Sunday, May 28, 2017

लन्डनको चिसो मौसम मन पर्छ : गायिका मेलिना

लन्डन, जेठ १५ । केन्ट फोक्सटनस्थित हकिन्ज हलमा ई-मिडिया हब द्वारा आयोजित ‘एभरेष्ट म्युजिकल ब्लाष्ट’ ऋंखलाको तेस्रो प्रस्तुतिकोे सुरुवातीमै गायिका मेलिनाले लन्डनको मौसम अति नै मन पर्ने बताएकी थिईन् । नेपाली सांगीतिक फुलवारीमा लगातार खुट्कीलो चढी रहेकी एउटा चिरपरीचित नाम हो मेलिना राई । पुर्ख्यौली थलो खोटाङ हलेसीबाट, बसाइँ सराइकै क्रममा बाबु बाजेहरु, भोजपुरको दिल्पा हुदै, मोरङ रमाईलो गाँउ टाडि पुगेकी गायिका मेलिनाको वुवा जिवेस चाम्लिङ राई ( होमियोछा) पनि संगीतकार हुन् ।

१२ बर्षकै कलिलो उमेरमा, स्वदेशगान रेकर्ड गराएकी राईले जसरी लाखौ ताराहरुको बिचमा एउटा ध्रुब तारा हुन्छ,उसै गरी, सयौ गायिका मध्येकी एक उत्कृष्ट गायिकाको उपाधि चुमिरहेकी छन् । ई-मेडिया हबको आयोजनामा गायिका मेलिना र रेवत राई दोस्रो पल्ट वेलायत सांगीतिक यात्रामा आएका हुन् । गायिका मेलिनाले चलचित्र नाई ‘नभन्नु ल ३’ को कम्मर माथी पटुकी, हाऊ फन्नीको ‘शिरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्यौ अरे’ जस्ता दर्जनौ गीत गाएका थिए भने गायक रेवतले विभिन्न धारका साथै भर्खरै सार्वजनिक गरेका उनका एल्वम ‘लय’ बाट पत्रकार रोशन मेवाहाङ्गको शव्द रचना रहेको ‘हिमाल झै माया अग्लिरहोस्’ बोलको गीत गायिका मेलिना सग प्रस्तुत गरेका थिए ।

शनिवार अल्डरसट शहरबाट शुरुवात गरिएको यस ऋंखलामा नेपाली सांगीतिक आकाशमा अत्यन्तै चर्चामा रहेकी गायिका मेलिना राई र लोकप्रियताको शिखर चढ्दै गरेका गायक रेवत राई लगायत स्थानिय गायक दिपक राई, किसन राई युके डान्सअफ कि बिजेता नृत्यांगना जेनी सुनुवारले नृत्य प्रस्तुति गरेका कार्यक्रमलाई लेक्स लिम्बु र मिस युके नेपाल २०१४ की विजेता निया देवानले कार्यक्रम संन्चालन गरेका थिए । गायक किसन राईले ई-मेडिया हब युकेको तेस्रो आयामको ‘एभरेष्ट आईडल’ को निम्ती कार्यक्रम शुरु हुनु पुर्ण आवेदन-पत्र बुझाउन आग्रह गरेका थिए । कार्यक्रममा आश्फोड निवासी विमला लिम्बुले आवेदन-पत्र दायर गर्दै उक्त आईडलमा अडिसन दिने निर्णय लिएकी थिईन् । विमलाको यस निर्णयले वेलायती नेपाली समाजमा लुकेर बसेको प्रतिभाहरुलाई ‘एभरेष्ट आईडल’ को कार्यक्रममा सहभागी प्रतियोगीहरुलाई अडिसन राउण्डमा भाग लिन सन्देश दिएकी छन् ।

ई-मेडिया हबका कार्यकारी प्रमुख निर्देशक ईश्वर चाम्लिङ्गले भने -‘दर्शकहरुको सन्तुष्टी नै कार्यक्रमको सफलता भएकाले दर्शकहरुको मनोरन्जनलाई प्राथमिकतामा राख्दै आगामी कार्यक्रमहरु झन बढि मनोरन्जनात्मक बनाउने सोच लिएको छु ।’ सयुक्तरुपमा संचालन गरिएको कार्यक्रमलाई बेलाबेला उद्घोषक लेक्स लिम्बुले समसामयिक कुरालाई सरल परिभाषामा पस्कन्दा उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन गराएका थिए भने निया देवानले साहित्यिक दुर्लभ शब्दहरु कहिले काहि अंग्रेजीमा उदघोषण गर्दा उपस्थित दर्शकहरुले मिठो मनोरन्जन लिईरहेका देखिन्थे । प्रस्तुतिको अन्त्यतिर नेपाली कलाकारहरू सँग विभिन्न सँघ संस्थाका समुहले तस्विर कैद गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...