Sunday, May 28, 2017

नेपाली राजदूतावास, ओटवाको प्रेस विज्ञप्ती


गणतन्त्र दिवस-2074 को उपलक्ष्यमा नेपाली राजदूतावास, ओटवा, क्यानडाले आज मे 28, 2017 का दिन नेपाली राजदूतावास परिसरमा एक स्वागत समारोहको आयोजना गर्‍यो।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै क्यानडाका लागि नेपालका महामहिम राजदूत श्री कालीप्रसाद पोखरेलले नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त गणतन्त्रका उपलब्धीहरुलाई संस्थागत गर्ने दिशामा नेपाल सरकार निरन्तर लागि परेको बताउनु भयो। शहीदहरुप्रति श्रद्वाञ्जली अर्पण गर्दै वहाँले राजनीतिक स्थायित्वसँगै आर्थिक विकासको गतिलाई पनि तिव्र बनाउनु आवश्यक भएको बताउँदैं नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता समेतका माध्यमबाट विदेशमा रहेका नेपाली समुदायलाई पनि मुलुकको विकासको मूलधारमा समेट्ने प्रयास गरेको बताउनु भयो। व्यपार, लगानी र पर्यटन प्रवर्द्वनको माध्यमबाट नेपाल-क्यानडाबीचको द्विपक्षीय सम्बन्ध मजबुत बनाउन क्यानडाका नेपाली समुदायले राजदूतावासलाई पुर्‍याएको सहयोगको लागि धन्यवाद दिनु भयो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ-क्यानडाका उपाध्यक्ष श्री सुरेन उप्रेतीले गणतन्त्र दिवसको शुभ-कामना व्यक्त गर्नु भयो। वहाँले गैरआवासीय नेपाली संघले भूकम्पपछिको पुनःनिर्माण, लगानी लगायतका क्षेत्रमा क्रियाशील रहेको बताउँदैं गैरआवासीय नेपाली संघ-क्यानडाले विभिन्न समयमा समुदायमा आईपर्ने अफ्ठ्याराहरुमा समेत सहयोग गर्दै आएको बताउनु भयो।

त्यसैगरी, ओटवास्थित नेपाली समुदायको संस्था नेप्लिज् क्यानेडियन एशोसियसन अफ ओटवाका प्रतिनिधि श्री कमल महतले गणतन्त्र दिवस कार्यक्रम आयोजना गरेकोमा नेपाली राजदूतावासलाई धन्यवाद दिंदैं शुभ-कामना व्यक्त गर्नुभयो।

नेपालको राष्ट्रिय गान बजाई शुरु भएको गणतन्त्र दिवस कार्यक्रममा महामहिम राजदूतले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्नु भएको थियो भने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुको संझानामा एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा ओटवामा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु र अटोवामा बसोबास गर्ने नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

श्री नेपाली राजदूतावास
ओटवा, क्यानडा।
2074/2/14

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...