Sunday, June 11, 2017

इपिएस परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, २८ जेठ । रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
शनिबार पाँच जना र आइतबार १४ जना गरी १९ जनालाई विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
ललितपुरको परीक्षा केन्द्रबाट १३ र काठमाडौँको परीक्षा केन्द्रबाट ६ जना पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले परीक्षाका लागि ७५ हजार ५८० जनाले आवेदन दिएकामा कति सहभागि भए भन्ने पूर्ण विवरण तयार भइनसकेको बताउनुभयो ।
काठमाडौँ उपत्यकाका २६ वटा केन्द्रमा बिहान र दिउँसो गरी दुई चरणमा दुई दिन परीक्षा भएको थियो । भाषा परीक्षामा सहभागीमध्ये १० हजार २०० जना मात्र उत्तिर्ण हुनेछन् ।
जसमा कृषि क्षेत्रमा छ हजार २०० र उत्पादनमा चार हजार उत्तीर्ण हुनेछन् । परीक्षामा नौ हजार ७९६ महिला र ६५ हजार ७८४ पुरुषले आवेदन दिएका छन् । ५१ हजार २०२ जनाले कृषिमा र २४ हजार ३७८ उत्पादनमा आवेदन दिएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...