Sunday, June 11, 2017

तोकिएकै समयमा निर्वाचन : प्रमुख आयुक्त

राजविराज(सप्तरी), २८ जेठ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको दोश्रो चरणको निर्वाचन यही असार १४ गते तोकीएको मितिमा हुने बताउनुभएको छ ।
आज विभिन्न राजनैतिक दल र नेता तथा कार्यकता र स्थानीय प्रशासन, सुरक्षार्मी, उद्योगी तथा व्यापारीसँगको छलफलमा उहाँले निष्पक्ष निर्वाचनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । सप्तरी उहाँको गृह जिल्ला पनि हो ।
आफ्नो माग पुरा नगरी निर्वाचनमा जान नहुने माग गर्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले प्रमुख आयुक्तलाई कालो भण्डा देखाइ विरोध गरेका थिए । सो क्रममा प्रहरी र ती कार्यकर्ताबीच झडप समेत भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...