पोखरा, ४ असार । सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पोखरास्थित राष्ट्रिय समाचार समितिको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आज निरीक्षण गर्नुभएको छ ।
सो अवसरमा उहाँले कार्यालयबाट प्रवाह भइरहेका सेवा लगायतका विषयमा जानकारी लिनुभयो ।
पोखरामा राससको कार्यालय भवन निर्माणका लागि सरकारको तर्पmबाट प्रारम्भिक रुपमा बजेट विनियोजन भइसकेको जानकारी दिँदै सचिव गुरुङले यथाशक्य चाँडो भवन निर्माणका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँसँगै मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले पनि कार्यालयको निरीक्षण गर्नुभएको हो ।
उहाँहरूले आजै पोखरास्थित रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रको पनि निरीक्षण गर्दै त्यहाँबाट भइरहेका गतिविधिबारे जानकारी लिनुभयो । रासस
No comments:
Post a Comment