Saturday, June 10, 2017

‘महिलाको उन्नती, प्रगती तथा समृद्धिको लागि म अनवरत रुपले खट्ने छु : एनआरएन अमेरिका महिला संयोजक कि उम्मेद्वार इन्दिरा त्रिपाठी

समाजमा भएका कु–रिति, कु–विचार तथा कु–संस्कारका विरुद्धमा लड्दै आउनु भएकी त्रिपाठी विगत १८ वर्ष देखि कम्प्युटर डिजाइनका क्षेत्रमा क्रियाशिल उहाँ आफै एक स्वरोजगार महिला हुुनुहुन्छ । समाज रुपान्तरणको क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आउनु भएकी इन्दिरा त्रिपाठी एक सामाजिक अभियन्ता हुनु हुन्छ ।

त्रिपाठीले निकट भविष्यमा हुन लागेको एनआरएन अमेरिकाको महिला संयोजकमा इन्दिरा त्रिपाठीको उम्मेद्वारीले अमेरिका बस्ने नेपालीमा उत्साहित बनेका छन् । आफ्नै बलिबुतो र संघर्षले अमेरिका जस्तो अति विकशित र सम्पन्न देशमा पनि स्वरोजगार बनेर बस्नु हामी नेपालीको लागि साह्रै खुशीको विषय हो ।

बहुप्रतिभा र कुशल नेतृत्वकी धनी त्रिपाठी आफ्नो व्यवसायका साथ साथै अन्य विभिन्न क्षेत्रमा आवद्ध हुुनुहुन्छ । महिला हक, हित र अधिकारको संरक्षण, सम्बद्र्धन तथा प्रवर्धनमा विगत लामो समय देखि लागि रहनु भएको छ ।

सामाजिक तथा महिला अधिकार सम्बन्धी आवाज उठाउने थुप्रै संघ संस्थामा आवद्ध त्रिपाठीले समाजसेवाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएको छ । आफू एनआरएन अमेरिकाको महिला संयोजनका रुपमा निर्वाचित भएमा अहिले गर्दै आएका सेवामूलक कामका साथै महिला माथि हुने भेदभाव र अन्यायका विरूद्ध आवाज उठाउने उहाँको प्रतिवद्धता छ ।

जातीय तथा सबै प्रकारका विभेद विरुद्ध लड्दै संगठनात्मक तथा सकारात्मक सोचको साथ सामाजिक सेवामा लाग्ने उहाँको प्रमु्ख उद्देश्य रहेको छ । विश्वका महिलाहरू पुरुषभन्दा एक कदम अघि बढिसक्दा पनि हाम्रा नेपाली दिदीबहिनी भने घरभित्रैकै चूलो चम्कोमा सीमित छन्,’ उहाँले भन्नु भयो ‘उहाँहरूको लागि केही गर्न सक्यौ भने हामीलाई ठूलो आत्मसम्मान मिल्ने छ ।’ नेपालका मात्रै होइनन् विश्वकै महिलाहरू आर्थिक तथा सामाजिक रुपमा पछि परेका छन् ।

उनीलाई न्यायिक समानतातर्फ उन्मुख गराउन मैले संयोजको भुमिका निर्वाह गर्न लागेकी हुँ, उहाँले भन्नुभयो । ‘म यस क्षेत्रमा त्यतिकै लाग्न आएकी होइन, आफूले अहिलेसम्म आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई सबै नेपाली समुदायसम्म पु¥याउन अझ भनौ आफूले सिकेका ज्ञानको सहि सदुपयोग गर्न मैले एनआरएन अमेरिकाको महिला संयोजकको रुपमा उम्मेदवारी दिएको हुँ,’ उहाँले भन्नु भयो ।

‘महिलाको उन्नती, प्रगती तथा समृद्धिको लागि म अनवरत रुपले खट्ने छु ।’ आफूमा भएको क्षमता आर्थिक सवलता र व्यवाहारिकतालाई पूर्ण रूपमा सदुउपयोग गर्ने नवीन सोचका साथ यस क्षेत्रमा प्रवेश गर्न लागेको उहाँले बताउनु भयो । एनआरएन अमेरिकालाइ सबैको साझा संस्थाको रूपमा रुपान्तरण गर्ने उहाँको योजना छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...