Friday, June 23, 2017

माओवादी केन्द्रको पुनरागमन हुन्छ : नेता पुन

तुलसीपुर (दाङ), ९ असार । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका लोडसेडिङ अन्त्य, आर्थिक वृद्धिदर, चीन र भारतसँग सन्तुलित सम्बन्ध लगायत कामले माओवादीको पक्षमा जनमत बढ्दै गएको बताउनुभएको छ ।

चुनावी दौडाहाको क्रममा आज दाङको गढवा गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा आउँदासम्म माओवादी पुरानै अवस्थामा फर्कने स्थिति बढेको बताउनुभयो ।

“पहिलो चरणको स्थानीय तह निर्वाचनमा हामीले ४६ वटा ठाउँमा जित्यौँ भने ५२ ठाउँमा दोस्रो भयौँ’, उहाँले भन्नुभयो, “त्यो पनि नराम्रो त होइन तर सोचेभन्दा अलि कम भयो, अहिले दोस्रो चरणको चुनावी उत्साह हेर्दा चाँडै माओवादीको कम्ब्याक (पुनरागमन) हुने सम्भावना बढेर गएको छ ।”

पार्टी विभाजनका कारण २०७० सालको संविधानसभा निर्वाचनमा हार बेहोर्नुपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले चुनाव जित्ने धेरै सूचक हामीले पूरा गरेका छौँ, फुटेको पार्टी एक भएको छ र संविधान जारी गर्नेदेखि स्थानीय तह पुनर्संरचना गर्नेसम्मका एजेण्डा हामीले सफल बनाएका छौँ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...