Saturday, June 10, 2017

अमेरिका उपाध्यक्ष तथा अध्यक्षकी प्रत्यासी थापाले मेरिल्याण्डका गभर्नरसँग भेट गर्नुभयो

जुन ८, २०१७ का दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिका (NRNA NCC USA) की उपाध्यक्ष तथा २०१७-२०१९ कार्यकालका लागि अध्यक्षकी प्रत्यासी रविना थापाले मेरिल्याण्ड राज्यका गभर्नर Larry Hogan सँग भेट गर्नुभएको छ।

उपाध्यक्ष थापाले सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्दै NRNA NCC USA को तर्फबाट नेपाली समुदायको लागि बिशेष बिषयहरु उठाएको ज्ञापन पत्र समेत दिनुभएको छ। थापाको पत्र स्वीकार्दै गभर्नर Hogan ले उपाध्यक्ष थापासँग आफ्नो कार्यकक्षमा उहाले उठाएका बिषयहरुबारे जानकारी लिनुभयो। जवाफमा गभर्नर Hogan ले आफुले पत्रको जवाफ छिट्टै दिने कुरा बताउनु भएको छ।

नेपाली समुदायले अमेरिकामा विभिन्न ब्यबसाय, सिप र काम गरेर यो देशको आर्थिक उन्नतिमा, ट्याक्स तिर्ने देखि अन्य थुप्रै कुराहरुमा योगदान दिएको कुरा उल्लेख गर्नु भएको छ। नेपालीहरुको जनसंख्याको वास्तविक आंकडा नरहेको भएता पनि अनुमानित २५०,००० भन्दा धेरै रहेको नेपाली समुदायका जल्दा-बल्दा बिषयहरुमा ध्यान दिन समेत अनुरोध गर्नुभयो।

खासगरी नेपाली समुदायलाइ विभिन्न बिषयका लागि राज्य र केन्द्रिय सरकारद्वारा गरिने र दिइने सेवाका कुराहरुमा माइनोरिटी जनसंख्यामा नेपाली समुदायलाई पनि उल्लेख गर्ने अवसर प्रदान गरिदिन र प्रयास गरिदिन अनुरोध गर्नुभयो। जनगणना, स्टेट आइडी, ड्राइभर आइडी आदिको फर्ममा राष्ट्रियताको खण्डमा नेपाली भन्ने उल्लेख गर्ने अप्शन राखिनु पर्ने जसले गर्दा नेपालीको जनसख्या देखिने अवस्था आउँछ।

त्यसैगरी नेपाली समुदाय साँस्कृतिक, जनसंख्या, भाषा धेरै कारणले माइनोरिटीमा पर्दछ।नेपाली समुदायलाइ पनि माइनोरिटी जनसंख्याले पाउने सुविधा पाउनको लागि पहल गरिदिन अनुरोध गर्नुभयो।

अनि नेपाली समुदायका अमेरिकामा जन्मेका नानीहरुलाई भाषाको समस्या हुँदै गएको छ। स्कूल र कलेजमा मात्र होइन घरमा पनि भाषागत समस्या हुँदै गएको छ। त्यसैले स्कूल र कलेजमा अन्य भाषा अन्गर्गत नेपाली भाषाको पढाइ पनि हुने ब्यबस्था गरियोस, थापाले अनुरोध गर्नुभयो।

गभर्नर Larry Hoga सँगको सो भेटमा रविना थापाका श्रीमान् नारायाण थापा समेत साथमा हुनुहुन्थ्यो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...