Monday, June 12, 2017

प्रचण्डलाई भेट्न लाजिम्पाट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रचण्ड निवास लाजिम्पाटमा छलफल भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालले चुनाव विथोल्ने गरी आन्दोलनको घोषणा गरेपछि दबाबमा रहेका प्रधानमन्त्री देउवा प्रचण्डलाई भेट्न सोमबार बेलुका लाजिम्पाट पुगेका हुन्।

प्रचण्डको सचिवालयका अनुसार आजको भेटमा प्रधानमन्त्री र माओवादी अध्यक्षबीच दोस्रो चरणको स्थानीय निर्वाचन र राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको थियो ।
‘छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग बार्ता र सम्वादको प्रक्रिया पनि जारी नै राख्ने समझदारी भएको छ,’ सचिवालयको भनाई छ ।

त्यस्तै, बैठकमा सरकार सञ्चालन र मन्त्रीपरिषद बिस्तारको विषयमा पनि छलफल भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...