Monday, June 12, 2017

नेपाली संघ राष्ट्रिय सम्न्वय समिती, केन्या को सन्योजन मा नैरोबी मा रहेको हिन्दू मन्दिरमा पुजा

कृष्ण दत्त भट्ट

नैरोबी, केन्या

११ जुन २०१७ ,आईतवार का दिन गैर -अवासिय नेपाली संघ राष्ट्रिय सम्न्वय समिती, केन्या को सन्योजन मा नैरोबी मा रहेको हिन्दू हरु को सबै भन्दा ठुलो मन्दिर सनातन धर्म सेवा मन्दिर(SSD)को सहयोग मा उक्त मन्दिर मा उपस्थित हुन भयेका भक्तजनहरु लाई नेपाली समुदाय को तर्फ बाट महाप्रसाद (भोजन ) को आयोजना गरेको थियो ।

उक्त कार्यक्रम सफल बनाउन ४५ जना समाजसेवी नेपाली दाजु भाई दिदी बहिनीहरु को तर्फ बाट दान प्राप्त भएको थियो / लगभग ३ सयको हाराहारी मा भक्तजन हरु को उपस्थिती थियो ।

यो मन्दिर मा यस् भन्दा पहिले ईलाम (हाल झापा ) घर भयेका नेपाली  पूजारी निलमणी ज्यु  बिगत १४ बर्ष देखी कार्यरत हुन् हुन्थ्यो तर उहाको असामयिक स्वर्गरोहण भए पछी उहाको परिवार लाई गैर अवासिय नेपाली संघ केन्या को तर्फ बाट आर्थिक सहयोग उपलब्ध गराएको थियो।गैर अवासिय नेपाली संघ केन्या ले स्थाननिय समुदाय संघ मिलेर सामाजिक कार्य गर्ने घोषणा  पनि गरेको छ जस्ले गर्दा  नेपाली को पहिचान पनि स्थापित गर्न सकियोस ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...