Saturday, June 24, 2017

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ : प्रम

भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ भन्नुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले)सहितसँग छलफल गरी संविधान संशोधन गरिने जानकारी दिनुभयो । “मधेसीले केही माग राखेका छन् ।” प्रधानमन्त्री देउवाले भन्नुभयो, “दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन ।” संविधान संशोधन नभए पनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।

उहाँले पञ्चेश्वर परियोजना बनाएर छाड्ने बताउँदै भन्नुभयो, “अपर कर्णाली र पश्चिमसेती बन्ने भइसके । पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाउनेछु ।” महाकाली नदीको चार लेनको पुल निर्माण चाँडै सुरु हुने जानकारी गराउनुभयो ।

नेपाली काँग्रेसले आयोजना गरिरहेका चुनावी सभालाई सम्बोधन गर्दै रहनुभएका काँग्रेस सभापति देउवाले आज कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि सम्बोधन गर्ने तथा कञ्चनपुरपछि उहाँ आज नै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम तय भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...