Saturday, June 24, 2017

निर्वाचनमा हेलिकप्टरबाट सुरक्षा गस्ती

तुलसीपुर (दाङ), १० असार । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ ।

मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...